Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा नमुदा मतदान,५ वटामत आँसिक बदर
नमुना मतदानमा भागलिदै संयुक्त गठबन्धन्का तर्फबाट अध्यक्ष पदका उम्मेदवार तुल्सीराम पुन शुवास


कमिरेचौर : यही बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको तयारी स्वरुप दाङको बंगलाचुली गाउँपालिकामा आज नमुना मतदान गरिएको छ । लुम्बीनी प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटीमा नमुना मतदान कार्य सम्पन् गरिएकोहो ।
 नमुदा मतदानमा विभिन्न स्थानबाट आएका ६४ जनाले मतदान कार्यमा भाग लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । 
जसमा ५ वटा नमुदा मतपत्रमा बदर देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका शाखा अधिकृत रेवत बहादुर बुढाथोकिले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश निर्वाचन कार्यालयले दाङको एकमात्र ठाउँमा नमुना मतदान गर्ने योजना स्वरुप दाङको विकट पालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकालाई छनौट गरिएको हो । जहाँ गरिएको नमुना मतदान बाट यस पटको निर्वाचनमा बदर मतको संख्या कम हुने आसा राखिएको उहाँले बताउनुभयो । 
नागरिकले एकपटक स्थानिय तहको निर्वाचनमा भाग लिईसकेको र निर्वाचन आयोग तथा दलका उम्मेद्वारहरुबाट विभिन्न तहबाट मतदाता शिक्षाको कार्यक्रमहरु संचालन गरिरहेको हुँदा बदर मतको संख्यामा कमि देखिएको शाखा अधिकृत रेवत बहादुर बुढाथोकीले जानकारी दिनुभयो । 
नमुना मतदान कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण प्रसाद भण्डारी,शाखा अधिकृत रेवत बहादुर बुढाथोकी, सुचना अधिकारी गेहेन्द्र कुवर ,बंगलाचुली गाउँपालिकाका प्रुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेय,लगाएतको सहभागिता रहेको थियो । 
नमुना मतदान कार्यक्रममा बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार तुलसीराम पुनमगर शुवास,उपाध्यक्ष पदका उम्मेद्वार भक्त बहादुर जिसीले समेत भाग लिनुभएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको