Chauthoanga - Nepali News Media
नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको संक्षिप्त जीवनी,
maxresdefault.jpg

-कमल कवर मगर 
नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाकोशहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भङ्‌गार भन्ने गाउँमा भएको थियो । आफ्नो माता–पिताको जुम्ल्याहासन्तानमध्ये कान्छो सुपुत्र भएकाले लखनको वास्तविक नाम लक्ष्मणसिंह थापाराखिएको थियो । उनले भारतको अलमोडामा शिक्षा लिएका थिए र वि.सं. १९११ मा मगर पल्टनपुरानो गोरख गणमा भर्ना भएका थिए ।

तत्कालिन समयमा नेपाली जनताहरु जंगबहादुर राणा द्धारा सुत्रपात गरिएको निरंकुश जहाँनिया राणा शासनको जाँतोमुनिपिल्सिएर बस्नु परेको अवस्था थियो । जंग बहादुरको अधिनायकवादी हुकुमी शासन विरुद्धकोही कसैले बोल्न सक्ने स्थिति थिएन । नेपालमा जंग बहादुरको निरंकुश शासन रहेको ताका भारतमा अंग्रेज  उपनिवेशको विरुद्धमा सैनिक विद्रोहको जन्मभयो । भारतीय स्वतन्त्रताको पक्षमा भएको विद्रोहलाई दवाउन सहायता मागेपछी अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपालीपल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुरगणका श्रीपत गुरुङलगायत लखनउ पुगेका थिए ।

(टेक बहादुर खत्री द्धारा लिखित नेपालको सैनिकइतिहास पुस्तकमा लेखिए अनुसार)  विद्रोही आन्दोलन दबाउने क्रममा त्यहाँका जनतालाई अत्याचार गरी निर्ममतरिकाले हत्या गरेका दृश्य,नबाब अलि साहको दरबारको सम्पत्ति लुटपाट,भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने सहिदको संघर्षलाई नजिकबाटनियालेका लखनको हृदयमा नेपालमा जंगबहादुरको अत्याचारविरुद्ध आन्दोलन गर्नेऊर्जा प्राप्त भयोजनविद्रोहको लागि उपयुक्त समयको पर्खाइमारहेका लखन थापामगर आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा नेपालीसेनाको क्याप्टेन भइसकेका थिए । तर पनि उनलाई नेपाली सेनाको जागिरजंगबहादुरको विरुद्ध जनएकताद्वारा विद्रोह गर्नको लागि वन्धन महसुस भएकालेपद र भौतिक सुविधाको कुनै प्रवाह नगरी वि.सं. १९२७ सालमा आफ्ना मित्रजयसिंह चुमीलाई साथमा लिई घर विदा लेखाएर सेनाको जागिर छाडी गोरखाको बुंकोटकाहुले भङ्गारमा गए । विदा सकियो तर उनीहरु जागिरमा फर्केनन् र जंगबहादुरको शासन विरुद्ध जनताहरुलाई संगठित बनाउने कार्यमा सक्रियतापूर्वकलागे । गोरखाको वुंकोट काहुले भङ्गारमा लखन थापा मगरले स्थानीय जनसमुदायकोसहयोगमा एउटा बलियो किल्ला निर्माण गरे र किल्ला परिसरमा मनकामनामाईको प्रतिकात्मक मन्दिर स्थापना गरिएको थियो । उक्त मन्दिरमा दिनहूँपूजापाठ हुने गर्दथ्यो । लखन थापाले मन्दिरमा पूजापाठका निम्ति आएकाजनताहरुलाई एकतावद्ध गरी जंग बहादुरको क्रुर शासन एवम् जनविरोधीकर्तुतहरुको बारेमा जानकारी गराउने र राजनीतिक चेतना प्रदान गर्ने कार्यगर्दथे । लखन थापा मगरको सुमधुर बोलीबचन, तार्किक क्षमता र असलव्यक्तित्वले गर्दा छोटो समयमानै जंग बहादुरको विरुद्ध धेरै जनताहरुसंगठित भैसकेका थिए । लखन थापाले त्यतिवेला संगठित जनतासामु ‘म सिद्ध लखनथापाको अवतार हुँ । जंग बहादुरले नेपालअंग्रेजलाई बेच्यो ।दुनियाँलाई त्राही–त्राही पारिरहेको छ । जंगबहादुरलाई हटाएर नेपालमा सुनौलोप्रजातान्त्रिक युग फिराउ भनी मनकामना माताले मलाई आज्ञा दिएकी छन्, लौभाई हो तयार होऔँ’ भन्ने उद्घोष गरेर जंग बहादुरको दमन, अत्याचार र अन्यायविरुद्ध संगठित रुपमा आवाज वुलन्द गर्न जनताहरुलाई उत्पे्ररित गर्दथे ।लखन थापाको उक्तरणनीतिक उद्घोषले नेपाली समाजमा गहिरो प्रभाव पार्न सक्यो र जंग बहादुरकोविरुद्धमा ठूलो जनमत सिर्जना गर्न सफलता प्राप्त गर्योग । मनकामना र सिद्धलखन थापाको प्रसिद्धिलाई आफ्नो विद्रोही अभियानमा जनसमर्थन जुटाउन शहिद लखनथापाले रणनीतिक रुपमा प्रयोग गरेका थिए ।
वि.सं. १९३२ सालमा जंग बहादुरकोशासनविरुद्ध एकतावद्ध जनसमुदायले लखन थापालाई प्रधानमन्त्री र जयसिंहचुमीलाई सेनापति घोषणा गर्‍यो । इतिहासकार पदम जंग राणाकाअनुसार लखन थापाले हात हतियार सहित पन्ध्र सय मानिसहरु एकत्रित  गरिसकेकाथिए भने राजधानी गएर हमला गर्ने धम्की समेत दिएका थिए । जंग बहादुरकोअन्त्य गरेर नेपालको शासन अधिकार हातमा लिई नेपालको इतिहासमा सुनौलोप्रजातान्त्रिक युग आरम्भ गर्ने लखन थापाको योजना थियो । तत्कालिन समयमासर्वजित थापा क्षेत्री पिपलथोकमा बसी गोरखाको मुद्दामामिला हेर्दथे । उनलेगोरखाको बुङ्कोटमा जंग बहादुरको शासन सत्ता विरुद्ध लखन थापाको नेतृत्वमासशस्त्र जनविद्रोहको तयारी भइरहेको उजुरी जंगबहादुर समक्ष जाहेर गरे । योसूचना पाएपछि जंगबहादुर क्रुद्ध भए । उनले लखन थापा लगायत उनकासहयोगीहरुलाई पक्रेर काठमाण्डौँ ल्याउन भनी कान्छा भाई धीर शमशेरलाई आदेशदिए । आदेश बमोजिम देवीदत्त पल्टनका सैनिकहरु गोरखा पुगी लखन थापाकोकिल्लालाई चारैतिरबाट घेरा हाले । देवीदत्त पल्टन र लखन थापाको नेतृत्वकोविद्रोही सेनाबीच भिडन्त भयो । भनिन्छ त्यो विद्रोह दवाउन धीर शमशेरलाई पनिहम्मे हम्मे परेको थियो । अन्तमा विद्रोहीहरु पक्राउ परे । उनीहरुलाईबाँसको पिंजडामा कैद गरी काठमाडौं पुर्‌याईयो । इतिहासकार प्रमोदशमशेर राणाका अनुसार विद्रोहीहरु विरुद्ध थापाथली दरबारमा मुद्दा चलाइयोसाथै वर्वरतापूवर्क कोर्रा हानी ठूलो यातना दिइयो ।

लखन थापा र उनकासहयोगीहरुलाई गोरखा बुंकोट स्थित उनीहरुकै किल्ला परिसरको मनकामनामन्दिर अगाडि स्थानीय जनसमुदायको उपस्थितिमा झुण्ड्याएर मार्ने फैसला भयो ।तर राणा शासक सामु उनीहरु झुकेनन् । लखन थापालाई राणाशासन विरुद्धजनताहरुलाई राजनीतिक चेतना प्रदान गरेर जनसंगठन गरी राणातन्त्र विरोधीगतिविधि गरेको आरोपमा राजद्रोहको अभियोग लगाइएको थियो । देवीदत्त पल्टनकासैनिकहरुले मृत्युदण्ड सुनाइएका विद्रोहीहरुलाई गोरखा पुर्याए । वि.सं. १९३३फागुन २ गते सबै भन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुंकोटकोआफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिकोखिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । सँगसँगै अन्य विद्रोहीहरुलाईपनि बलीमा चढाईयो । भनिन्छ विद्रोही नेता लखन थापालाई त छाला समेत काढेरवर्वरतापूर्वक झुण्ड्याइएको थियो । नेपालको राजनीतिक इतिहासमा वि.सं. १९२७देखि १९३३ सम्म जनसंगठन गरी लखन थापाको नेतृत्वमा भएको विद्रोह नैराणातन्त्र विरुद्ध जनस्तरबाट उठेको पहिलो विद्रोह थियो । जुन विद्रोहलेजंग बहादुर राणाद्वारा स्थापित एकतन्त्रीय तानाशाही शासनको अँध्यारोकालरात्रीमा अधिकार विहिन अवस्थामा पिल्सिरहेका नेपाली जनताहरुलाई संगठित रराजनीतिक सचेतना प्रदान गरी पहिलो पटक प्रजातन्त्र प्राप्तिको विद्रोहमासहभागी गराउने सफलता प्राप्त गर्यो् ।

यो यस्तो ऐतिहासिक महत्वको विद्रोहबन्न पुग्यो जुन विद्रोहले राज्यसत्ता माथि अविछिन्न रुपले आफ्नो अत्याचारीर हुकुमी शासनको आधिपत्य कायम राखिराख्न चाहने जंग बहादुर राणाको मुटुहल्लाई दियो । जंगबहादुरको निरंकुश शासन विरुद्ध राजनैतिक दस्तावेज समेततयार गरी जनताद्वारा बैकल्पिक सत्ता स्थापना गरेर अगाडि बढेको यो सशस्त्रविद्रोहलाई चानचुने मान्न सकिदैन । यस घटनाले नेपाली समाजमा राजनैतिकचेतनाको दियो बाल्ने र प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने काम गर्न सक्यो। त्यसैले यस विद्रोहका नायक लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दैनेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा गर्योक भने वि.सं.२०७२ सालअसोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिदको दर्जा प्रदान गर्ने निर्णय गर्यो ।

हाल संघीयता कार्यान्वयन भए पछि शहिद लखन थापाको नाममा साविककोबक्राङ्ग, मनकामना, ताकलुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स मिलाएरशहिद लखन गाउँपालिका बनेको छ । उनलाई झुन्ड्याइएकोस्थानमा सालिक स्थापना गरिएको छ। २०६२र६३ को जनआन्दोलनले राजा, महाराजाकोफोडिएको सालिकको स्थानमा बुटवल, पाल्पा, पोखरा, धादिङ र घोराहीमा सहिद लखन थापा मगरकोसालिक स्थापना गरिएको छ। थुप्रै अन्य ठाउँहरुमासडक, चोक आदिको नामकरण प्रथम सहिद लखन थापा मगरबाट गरिएका छन।निश्चय नै यो पदवी उनको बलिदानी पूर्ण त्यागर जनअधिकार स्थापनाका लागि गरेको कठिन संघर्षप्रतिको सम्मान हो । तथापी राज्यले अझै स्वस्फूर्त रुपमा उनको योगदानको कदर गर्दै उनी प्रतिको दायित्व बोध गर्नु अपरिहार्य र सान्दर्भिक रहन्छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको