Chauthoanga - Nepali News Media
तुलसीपुरमा ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते

दाङ,-दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते भएका छन् । खाना पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भएर पड्किदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौराका ५० बर्षिय कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ५ घर भइ हाल तुलसीपुर १६ मा बस्दै आएका २९ बर्षिय आशिष खनाल घाइते हुनु भएको छ ।

आज बिहान साढे ८ बजेको समयमा तुलसीपुर १६ मा रहेको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिन्डर ग्याँस पड्किदा केसीको कम्मर मुनीको भाग जलेको भने खनालको दुबै हात र खुट्टा जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ । घाइते मध्य कुसुमको अवस्था अबस्था गम्भिर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको