Chauthoanga - Nepali News Media
हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

कमिरेचौरः हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन सम्बन्धि समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम आज कमिरेचौरमा सम्पन्न भएको छ ।बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।बंगलाचुली गाउँपालिका वडा नं ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता एवं बंगलाचुली अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष शोभाराज विश्वकर्माको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नं ३ का वडा सदस्य लोक बहादुर खत्रि, शुसिला खत्रि महेन्द्र नमुना मा वि श्रीवारीका प्रधानाध्यापक इन्द्र बहादुर बुढा, आधारभुत विद्यालय दाङबाङका प्रधानाध्यापक चेतनाथ लम्साल लगायत स्वास्थ्यकर्मि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र समुदायका अन्य व्यक्तिको उपस्थित रहेको थियो ।कार्यक्रममा बोल्दै वडा नं ३ का अध्यक्ष तथा शोभाराज विश्वकर्माले समुदायमा सबैले औषधी सेवन गरे मात्र हात्तीपाइले रोग निवारण गर्न सकिने भन्दै समाजमा सबैलाइ औषधी सेवन गर्न अपिल गर्नुभयो ।कार्यक्रमको सहजिकरण बंगलाचुली अस्पतालका इन्चार्ज नेव बहादुर केसिले गर्नुभएको थियो ।

आउँदो ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाउने अभियान सुरु हुदैछ ।

हात्तीपाइले शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउनेसरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने डाक्टरहरुको भनाइ छ ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु नहुने इपिडिमियोलोजि तथा सरूवा रोग महाशाखाले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको