Chauthoanga - Nepali News Media
दाङमा वडा अध्यक्ष पदका लागी १७ महिला चुनावी प्रतिष्पर्धामा

दाङ : दाङमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागी १७ जना महिला चुनावी प्रतिष्पर्धामा छन् । दशवटा पालिका मध्ये ७ पालिकाबाट मात्रै वडा अध्यक्षका लागी १७ जना महिला प्रतिष्पर्धामा उत्रिएका हुन् ।

वडा अध्यक्षका लागि उम्मेदवारी दिनेहरुमा घोराहीबाट ५ जना , तुलसीपुरबाट ४ जना, गढवाबाट ३ जना, राप्तीबाट २ जना र लमही, राजपुर र शान्तिनगरबाट १/१ जना रहेका छन् । गढवा गाउँपालिकामा वडा नम्बर ४ मा १ जना, वडा नम्बर ५ मा २ जना, घोराही उपमहानगरपालिकामा वडा नम्बर ७ बाट १ जना, वडा नम्बर १४ बाट २ जना, वडा नम्बर १५ बाट १ जना, वडा नम्बर १७ बाट १ जना महिला वडा अध्यक्षका प्रतिष्पर्धामा छन् ।

यस्तै तुलसीपुर उपमहानगरपालिकामा वडा नम्बर ६, ७, १४ र १८ बाट १/१ जना, राजपुर गाउँपालिकामा वडा नम्बर १ बाट १ जना, राप्ती गाउँपालिकामा वडा नम्बर २ र ८ मा १/१ जना, लमही नगरपालिकामा वडा नम्बर ६ बाट १ जना र शान्तिनगर गाउँपालिका वडा नम्बर २ बाट १ जना महिलाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।दाङमा ५ सय २० पदका लागि महिला र पुरुष उमेदवार २ हजार २ सय २ जना प्रतिष्पर्धामा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको