Chauthoanga - Nepali News Media
बंगलाचुलीमा हात्तिपाईलेरोग विरुद्धको औषधि नखानेहरुको  नामावली संकलन गरिने
बंगलाचुली गाउँपालिकाको नक्सा.png


कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले पालिकामा हात्तिपाईलेरोग विरुद्धको आम औषधि नखानेहरुको नामावली संकलन गर्ने भएको छ ।

गाउँपालिकाको कतिपय वडाहरुमा औषधि सेवन नगर्ने तथा अरुलाई औषधि सेवन गर्न दुरुत्साहान गर्ने जस्ता कार्यहरु भईरहेको भन्दै त्यसता खालका कार्यमा संलग्न व्यक्तिहरुको नामावली संकलन गर्न गाउँपालिकाले सबैलाई अनुरोध गरेको हो । 

गाउँपापलिका उपाध्यक्ष भक्त बहादुर जिसीद्वारा हस्ताक्षरित जारी सूचनामा भनिएको छ,"कतिपय ठाउँहरुमा आफुले औषधि सेवन नगर्ने र अरुलाई पनि सेवन गर्न दुरुत्सान गर्ने जस्ता कार्यहरु भईरहेको बुझिन आएकोले सबै लक्षित समुहका व्यक्तिहरुले अनिवार्य रुपमा औषधि सेवन गर्न अगराउनुहुन अनुरोध छ ।यदि ‍औषधि सेवन नगरेमा उक्त व्यक्तिको नामावली सम्वन्धित वडा कार्यालय र स्वास्थ्य चौकीमा पुराईदिनुहुन जानकारी गराईन्छ।" 
CamScanner 02-26-2023 15.42_11677411969.jpg

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको