Chauthoanga - Nepali News Media
बजेट अधिवेशन जेठ ३ गतेदेखि बोलाउन सरकारको सिफारिस
1647764307-UxG7V.jpg

काठमाण्डाै : आज बजेको मन्त्री परिषद बैठकले जेठ ३ गते मङ्गलवार बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । 

 बैठकले जेठ ३ गते  मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । पूर्व बजेट छलफल भने ४ गतेदेखि सुरु हुनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको हो । 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको