Chauthoanga - Nepali News Media
अनार खाँदा छालालाई अचम्मको फाइदा हुन्छ, छाला जवान र चम्किलो रहन्छ

कोही बिरामी पर्दा डाक्टरहरुले फलफूलको जुस पिउन सल्लाह दिन्छन् । फलफूलले हाम्रो शरीरलाई तत्काल ऊर्जा प्रदान गर्ने काम गर्छ । यसका साथै फलफूलमा पाइने पौष्टिक तत्त्वले रोगबाट निको हुन महत्त्वपूर्ण भूमिका खेल्छ । यी फलहरूमा अनारलाई मुख्य रूपमा समावेश गरिन्छ । तपाईँले अनारको फाइदाहरूको बारेमा धेरै सुन्नु भएको छ । अनारले तपाईँको रगत बढाउन र सफा गर्ने काम गर्छ । अनारले तपाईँको कमजोरी हटाउने काम गर्छ । यसमा भिटामिन सी र भिटामिन बी पाइन्छ । यसबाहेक अनारमा पोटासियम, म्याग्नेसियम, जिङ्क, सेलेनियम र फस्फोरसको मात्रा बढी हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोशिकाहरूलाई छिटो मर्मत गर्छ । यसका साथै अनारको सेवनले छालामा पनि फाइदा गर्छ । यस लेखमा हामी अनार खाँदा छालामा हुने फाइदाबारे कुरा गर्दछौँ ।

अनार खाँदा छालामा हुने फाइदाहरू 

डन्डीफोर कम गर्छ

अनुहारमा डन्डीफोर आउनुको मुख्य कारण छालामा भएको अतिरिक्त तेल हो । अनारको सेवनले छालाको तेललाई सन्तुलनमा राख्न मद्दत गर्छ । अनारको जुस पिउनाले छालामा चिलाउने समस्या पनि कम हुन्छ । यसमा रगत शुद्ध गर्ने गुण हुन्छ । यसो गर्दा छाला रोगमुक्त हुन्छ तसर्थ डन्डीफोर आउँदैन । 

एन्टि एजिङ तत्त्व

अनारमा पाइने एन्टिअक्सिडेन्टले छालाको चाउरीपन कम गर्न मद्दत गर्छ । वास्तवमा पर्याप्त पोषण नपाउँदा छालामा चाउरी पर्न थाल्छ । यदि तपाईँ दैनिक एक गिलास अनारको जुस पिउनुहुन्छ भने, यसले तपाईँको अनुहारमा चमक ल्याउनेछ र चाउरीपन कम गर्दछ ।

चम्किलो छालाका लागि अनार

अनारमा पाइने भिटामिन ईले कोलाजेन उत्पादनलाई पनि बढाउँछ । यसका साथसाथै अनार खाँदा वा यसको जुस पिउनाले तपाईँको छालामा चमक आउँछ किनभने यसले रगत शुद्ध गर्न र रगतको मात्रा बढाउन मद्दत गर्छ । यसका साथै यसको प्रयोगले छालाको दाग हट्छ । यसमा पाइने भिटामिन सिले छालालाई निखार्ने काम गर्छ ।

छालालाई डिटक्स गर्न मद्दत गर्दछ

अनारले उत्कृष्ट डिटोक्सिफाइङ एजेन्टको रूपमा काम गर्छ । यसको नियमित सेवनले तपाईँको शरीर डिटोक्स हुन्छ, जसका कारण छाला पनि निखार्न थाल्छ । 

घामले डढेको हटाउँछ 

घामको पराबैंगनी किरणले अनुहारको छालामा कालोपन आउँछ । यससँगै अनुहार कालो हुन थाल्छ । तर अनारको जुस पिउनाले टेनिङको समस्या हट्छ । यसका साथसाथै यसले एन्टी–अक्सिडेन्ट फ्री रेडिकललाई कम गरेर ट्यान घटाएर छालाको रङ निखार्छ ।

अनारको जुस वा अनारमा फाइबर धेरै हुन्छ । त्यसैले यो पाचनका लागि फाइदाजनक हुन्छ । यसले कब्जियतको समस्या उत्पन्न गर्दैन र तपाईँ खानाबाट पूर्ण पोषण लिन सक्षम हुनुहुन्छ । त्यसैले आहारमा अनार समावेश गर्नुपर्छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको