Chauthoanga - Nepali News Media
जिल्ला प्रशासन कार्यालय दाङमा चार दिन सम्म विभिन्न सेवाहरु बन्दरहने

दाङ : जिल्ला प्रशासन कार्यालय दाङले चार दिन विभिन्न सेवा प्रबाहलाई रोकेको जानकारी दिएकोछ । कार्यालयमा कार्यरत कर्मचारीहरु स्थानीय तह निर्वाचनका लागि खटिएकाले सेवा प्रवाहलाई रोकेको बताईएकोछ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले आज एक सूचना जारी गर्दै आज देखि २९ गते सम्म नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र, राहदानी तथा अन्य सिफारिसका कामहरु बन्द गरिएको बताउनुभएको छ।

प्रशासनमा कार्यरत कर्मचारीहरु बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा खटिएका कारण यी सेवाहरु रोक्नु परेको सूचनामा उल्लेख छ । अन्य शान्ति सुरक्षा र मुद्धा दर्ता एवं सुनुवाईको काम भने नरोकिने प्रशासनले जनाएको छ ।

band-16520777886071652081292.jpg

 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको