Chauthoanga - Nepali News Media
निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न मुख्यनिर्वाचन अधिकृतको सबैलाई अनुरोध

दाङ: मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले सबै पक्षलाई निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ । निर्वाचनको मिती नजिकिदै गर्दा राजनीतिक दलका प्रतिनिधीहरुलाई आज मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा बोलाई कडाईका साथ आचारसंहिताको पालना गर्न गराउन अनुरोध गरेको हो ।  

मुख्य निर्वाचन अधिकृत न्यायाधिस रितेन्द्र थापाले चुनावी आचारसंहिता पालना गर्ने सवालमा सहयोगी भूमिका खेलिदिन दलहरुलाई अनुरोध गर्नुभयो । नमूना निर्वाचन गराउने विषयमा सबैको भूमिका समान हुने भन्दै उहाँले आचारसंहिता पालना सँगै निर्वाचनमा खटिएका प्रतिनिधीहरुलाई सघाउन अनुरोध गर्नुभएको हो । भोली मंगलबार राती १२ बजे देखि मौन अबधी शुरु हुने भएको त्यस अबधीलाई पनि गम्भिरताका साथ लिएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले निर्वाचनको दिनमा पालिका प्रमुखका उम्मेदवारले चार पांग्रे एउटा गाडी पास लिएर मात्रै प्रयोग गर्न पाउने र पालिका भन्दा बाहिर जान नपाउने बिषयमा जानकारी गराउनुभयो । त्यस्तै वडा तहका उम्मेदवारहरुले दुई पांग्रे गाडी पास लिएर चलाउन पाउने र उनिहरु पनि वडा भन्दा बाहिर जान नपाउने विषयमा सचेत पार्न सुझाब दिनुभयो ।

निर्वाचनमा मतदान गर्न नसक्नेहरुको बिषयमा एकाघरमा एक जनाले भोट हाल्न पाउने, त्यसो हुन नसके निजले इच्छाएको व्यक्तिले भोट हाल्दीने र त्यो पनि हुन नसके मतदान अधिकृतले भोट हाल्ने व्यवस्था गरिएको छ । त्यसमा निज मतदाताले भनेको ठाउँमा भोट हाल्नुपर्ने छ । साथै मतदानका दिन मतदान केन्द्रमा एक दल एक प्रतिनिधी बस्ने गरि व्यवस्था मिलाईएकोछ ।  

साथै पानी पर्ने अबस्थालाई मध्यनजर गर्दै आबस्यक तयारी गर्ने र सकभर कोठा भित्रै मतदानको व्यवस्था मिलाई मतपेटिकालाई पानीबाट बचाउनु पर्ने बिषयमा छलफल भएको छ । छलफलमा नेकपा माओबादी केन्द्रका जिल्ला सचिब विश्व आचार्य, नेपाली कांग्रेसका रेशमराज गिरी,  नेकपा एमालेका जिल्ला सचिब मनोहर बुढाथोकी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, राप्रपाका नरेशजंग राणा लगाएतको सहाथिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको