Chauthoanga - Nepali News Media
प्रविधिमैत्री बन्दै आयोग : बंगलाचुली गाउँपालिकामा ८ वटा सिसिक्यामेरा जडान
बंगलाचुली गाउँपालिका कार्यालय भवन

कमिरेचौर : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अघिसारेकोछ । नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्रो निर्वाचनले संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई अझै परिस्कृत गर्दै लैजानेमा सबै पक्ष एकमत रहेकाछन् ।  सोही क्रममा आयोगले स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा क्लोज सर्किट क्यामेरा (सिसी क्यामेरा) को प्रबन्ध गरेको छ ।

निर्वाचन आयोगको निर्देशनअनुसार आज दाङको बंगलाचुली गाउँपालिकामा सिसि क्यामेरा जडान गरिएको छ । बंगलाचुली गाउँपालिकामा ८ वटा सिसी क्यामरा जडान गरिएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मतगणनाको क्रममा हुने अवाञ्छित गतिविधि रोक्न र विवाद कम गर्ने उद्देश्यका साथ कार्यालयमा सिसी क्यामेरा जडान गरिएको हो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामरा जडान गरिएको निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार मत गणना स्थलमा ७ वटा र मतमेटिका रहने ठाउमा एउटा गरी जम्मा ८ वटा सिसिक्यामेरा जडान गरिएको छ ।

सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुरभवनस्थित कार्यालयबाटै हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ । आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको