Chauthoanga - Nepali News Media
वैशाख ३० गते  निर्वाचनका विदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको अपील

काठमाडौं :निर्वाचन आयोगले वैशाख ३० गते विदा दिन निजी क्षेत्रलाई अपील गरेको छ। सबै मतदाताले आफ्नो मत सुनिश्चित गर्न पाउने अधिकारलाई नजर गर्दै आयोगले निजी क्षेत्रलाई विदा दिन आह्वान गरेको हो। नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आफ्नो मत दिने अधिकारलाई मध्यनजर गर्दै निजी क्षेत्र, संघसंस्था, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्थालाई निर्वाचनका दिन वैशाख ३० गते विदा दिन आग्रह गर्नुभएको हो । 

त्यस्तै भोलि (मंगलबार)बाट सुरु हुने मौन अवधिमा प्रचार प्रचार रोक्न दल तथा उम्मेदवारलाई आयोगले निर्देशन दिएको छ। सामाजिक सञ्जालमार्फत् हुनसक्ने प्रयोजित प्रचास प्रसार नगर्न पनि आयोगले आग्रह गरेको छ। त्यस्ता प्रचार प्रसार रोक्न आयोगले सेवा प्रदायक संघसंस्थालाई निर्देशनसमेत दिएको छ।

त्यस्तै टेलिकम संस्थाहरुबाट प्रचार प्रसारका लागि कुनै पनि एसएमएस सेवा उपलब्ध नगराउन नगर्न आग्रह गरेको छ। त्यस्तै निर्वाचन आचारसंहिता उल्लंघ गर्ने भूमि आयोगका पदाधिकारीसहित सरकारी पत्रिका गोरखा पत्र दैनिकका अध्यक्षलाई समेत तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको