Chauthoanga - Nepali News Media
अब अमर बन्दैछ मान्छे। बुढ्यौली उल्टाउन वैज्ञानिक सफल !

ऐजेन्सी -  हामी अजम्बरी अर्थात् अमरताका बारेमा कल्पना गर्दछौं तब हामीलाई साइन्स फिक्सन जस्तो लाग्छ । प्रकृतिको नियम भनेकै जन्मपछि मृत्यु हो । तर वैज्ञानिकहरु भने मृत्यु नामक सास्वत सत्यलाई पनि गलत सावित गर्न सकिन्छ भन्ने विश्वास गर्दछन्

अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ह्युमानिटी प्लसका वैज्ञानिक डाक्टर जोस कार्डिरोका अनुसार आगामी केही वर्षमै वैज्ञानिकले अमरताको गुह्य खोल्न सफल हुनेछन् । उनका अनुसार सन् २०३० मा जीवित मानिसहरु बर्सेनि आफ्नो उमेर बढाउन सक्नेछन् र सन् २०४५ पछि वैज्ञानिकहरुले मानिसलाई अमर बनाउन सुरु गर्नेछन् ।

औसत उमेर दोब्बरभन्दा धेरै

आगामी २०/२२ वर्षमै मानिसलाई कसरी अमर बनाउन सकिन्छ त भन्ने बारेमा वैज्ञानिकहरुले अहिलेसम्म खुलेर केही पनि बताएका छैनन् । तर यसमा रोबोटिक्स तथा आर्टिफिसियल इन्टलिजेन्सको सहयोग लिन सकिन्छ । त्यस प्रविधिको सहयोगबाट मानिसको आयू बढ्दै जानेछ र अन्ततः यस्तो समय आउनेछ जहाँ मानिस सदीयौंसम्म बाँच्न सक्नेछ ।

डाक्टर कार्डिरोका अनुसार पहिले पहिले मानिसको औसत आयू नै निकै कम हुन्थ्यो । तर अहिले धेरै बढिसकेको छ । यहीँ सुत्रमा डि एन ए को बुढ्यौलीलाई उल्टाइनेछ अर्थात् रिभर्स एजिङ गराइनेछ ।

रिभर्स एजिङमा पहिलो सफलता

डाक्टर कार्डिरोका दाबीका पछाडि हार्वर्ड तथा बोस्टनस्थित प्रयोगशालामा भएको त्यो शोध छ जसमा बुढो उमेरका मुसाको उमेर उल्टाएर त्यसलाई तन्नेरी बनाइएको थियो । यहाँसम्म कि उमेरका कारण कमजोर बनेको दृष्टिलाई समेत ठीक पारिएको थियो ।

हार्वर्ड मेडिकल स्कुल तथा बोस्टन युनिभर्सिटीको उक्त संयुक्त अनुसन्धान हालै सेल नामक जर्नलमा प्रकाशित भएको छ । त्यस सम्बन्ध्मा शोधकर्ता डेभिड सिनक्लेअरले प्रष्टसँग भनेका छन् कि उमेर भनेको उल्टाउन मिल्ने प्रक्रिया हो । अर्थात् उमेरलाई परिवर्तन पनि गर्न सकिन्छ ।

तन्नेरीलाई बुढा र बुढालाई तन्नेरी बनाउन सकिन्छ

लस अफ एपिजेनेटिक इन्फर्मेसन एज कज अफ म्यामेलियन एजिंग शीर्षका प्रकाशित उक्त शोधका क्रममा प्रयोगशालामा मुसामाथि अनुसन्धान गरिएको थियो । त्यसक्रममा के प्रष्ट भयो भने उमेरलाई पछाडि फर्काएर बुढ्यौलीमा पुगेकालाई तन्नेरी बनाउन सकिन्छ ।

तर अनौठो त के भने उमेर केवल पछाडि मात्र फर्काउन सकिने होइन अगाडि पनि दौडाउन सकिन्छ । अर्थात् प्रयोगशालाबाटै कुनै तन्नेरीलाई छिटै बुढो पनि बनाउन सकिन्छ ।

सबै ध्यान डिएनएमै केन्द्रित

हाम्रो सरीरसँग आफ्नो युवावस्थाको ब्याकअप कपी हुन्छ भन्ने मान्यताका आधारमा उक्त शोध गरिएको हो । त्यसैले यदि उक्त कपीलाई ट्रिगर गरियो भने कोशिकाहरु पुनरुत्पादन हुन थाल्छन् अनि उमेर पछाडि फर्किन थाल्दछ । साथै उक्त अनुसन्धानबाट शोधकर्ताहरुले उमेर बढ्नु वंशाणुजन्य उत्परिवर्तन (जेनेटिक म्यूटेशन) को परिणाम हो, जसमा डिएनए कमजोर हुन्छ भन्ने पूरानो मान्यतालाई पनि गलत सावित गरिदिएका छन् ।

करीब १ वर्षसम्म चलेको उक्त अनुसन्धानका क्रममा बुढो तथा कमजोर देखिने मुसामा मानिसको प्रौढ छालाका कोशिकाहरु प्रत्यारोपण गरिएको थियो । जसबाट केही दिनमै ती हेर्न लायक बने । त्यसपछि सोही तरिकाबाट मस्तिष्क, मांसपेशी तथा मिर्गौलाका कोशिकाहरुलाई पनि पहिलेभन्दा कैयन् तन्नेरी अवस्थामा पूराउन सकियो ।

पहिले नै गरिएको थियो ३० वर्ष उमेर घटाइएको दाबी

यसअघि सन् २०२२ को अप्रिलमा क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तै दाबी गरेका थिए । जसमा शोधकर्ताहरुले एउटा विशेष विधिबाट जो कोहीको उमेरलाई ३० वर्ष घटाउन सकिने जिकिर गरेका थिए । उक्त शोधका क्रममा वैज्ञानिकहरुले छालाका कोशिकालाई रिप्रोग्रामिङ गरे ताकि उक्त छाला वास्तविक उमेरभन्दा निकै कम उमेरको देखियोस् ।

बुढ्यौलीको छालामा यसबाट कोलाजेन पैदा गर्ने क्षमता बढ्यो । कोलाजेन एउटा प्रोटिन हो जसबाट सरीर मजबूत तथा युवा देखिन्छ ।
मल्टीओमिक रिजुभिनेसन अफ ह्युमन सेल्स शीर्षकको उक्त शोध इलाइफ जर्नलमा प्रकाशित भएको थियो ।

शरीरलाई डीपफ्रिज गरिंदै

पछिल्लो समयमा विश्वका विभिन्न देशमा कतिपय खर्बपतिहरुले यस उमेर उल्टाउने पद्धतिका माध्यमबाट अमरता प्राप्त गर्ने आशामा भारी रकम खर्चिन थालेका थाले ।

प्रयोगशालामा आफ्नो मृत सरीरलाई सुरक्षित राख्ने चलन पनि बढेको छ ताकि अमरताको सुत्र फेला परेसँगै मरिसकेको अवस्थामा पनि पुनः जीवित बनियोस् । यसलाई क्रायोनिक्स भनिन्छ । एक दाबी अनुसार विश्वमा हालसम्म ६ जना मानिसको मृत शरीरलाई यसरी फ्रिजमा राखिएको छ ।

यो विषयमा विभिन्न निजी कम्पनीहरुले पनि काम गरिरहेका छन् । मानिस मर्ने बित्तिकै क्रायोनिक्स विज्ञहरु उसको शरीरमा मस्तिष्कसमम अक्सिजन आपूर्ति भैरहेको यकिन गर्दछन् । त्यसपछि सरीरका कोशिकाबाट पानी निकालेर त्यसको ठाउँमा एक केमिकल भरिन्छ । त्यसपछि उक्त शरीरलाई माइनस १३० डिग्रीको तापमानमा राखिन्छ ।

क्रायोनिक्समा सरीरका भिन्न भिन्न भागलाईई संरक्षित गर्ने शुल्क पनि फरक-फरक हुन्छ । एक अनुमान अनुसार यदि वैज्ञानिकहरुले सन् २०४५ सम्ममा अमरता प्राप्त गर्ने सुत्र पत्ता लगाए भने अहिले मृत्यु भएको मानिसको शरीर त्यतिबेला सम्म सुरक्षित राख्नका लागि करिब सबा २ करोड रुपैयाँ खर्च हुने बताइन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको