Chauthoanga - Nepali News Media
वैशाख ३० गते सार्वजनिक विदा

दाङ: नेपाल सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको