Chauthoanga - Nepali News Media
बंगलाचुलीमा मातृमृत्युदर र नवजात शिसु मृत्युदरलाई घटाउन पालिकाले अहम भूमिका निभाई रहेको छ: अध्यक्ष पुन 

कमिरेचौर- बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले पालिकामा मातृमृत्युदर र नवजात शिसु मृत्युदरलाई कम गर्नका लागि पालिकाले अहम भूमिका निभाई रहेको बताउनुभएको छ । अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकामा रहेका हरेक आमा र बच्चालाई स्वास्थ्य संस्था सम्म पुगेर बच्चा जन्माउने वातावर तयार पार्नका लागि सबैले आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले आम गर्ववती भएदेखि बच्चा जन्माई सकेर बच्चा नहुर्किँदा सम्मको विभिन्न चरणहरुलाई नियम संगत ढंगले पालना गर्न सकेमा आउने जोखिमलाई कम गर्न सकिने बताउनुभयो । 
बंगलाचुली गाउँपालिकाको आयोजनामा भएको आईएमएनसिआई क्षमता तथा पहुँच सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बंगलाचुली गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा परिवर्तनका लागि सबैले सबैलाई साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक स्वास्थ्य संस्थाहरुमा गरेको काम संगै नतिजालाई पनि मुल्याङ्कन गर्दै अगाडी बढेमा सफलताले सार्थकता पाउने बताउनुभयो । उहाँले बंगलाचुलीका कतिपय स्थानमा आमाहरु अझै पनि घरमा सुत्केरी हुने गरेको बताउदै त्यसलाई रोक्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्वर दुईका अध्यक्ष मैते पुनमगर,तिनका अध्यक्ष शोभाराज विश्वकर्मा,चारका अध्यक्ष डाँस बहादुर डाँगी ,पाँचका अध्यक्ष लिला बहादुर घर्ती,छ का अध्यक्ष डोम बहादुर केसी,आठका अध्यक्ष झविन्द्र बहादुर गाहामगर लगाएत पालिकाका विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुआहाराका वरिष्ठ कार्यक्रम अधिकृत अमृत पौडेल,बंगलाचुली अस्पतालका धन बहादुर पुनले  तालिमममा प्रशिक्षण दिनुभएको थियो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्रकुमारी घर्तीले गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रम बंगलाचुली गाउँपालिकको आयोजनामा सम्पन्न भएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको