Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकालाई देशकै अब्बल गाउँपालिकको रुपमा चिनिनेगरी काम  गर्न गाउँपालिका अध्यक्ष पुनद्वारा कर्मचारीलाई सुझाव

कमिरेचौर - बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुली गाउँपालिकालाई देशकै अब्बल गाउँपालिकको रुपमा चिनिनेगरी काम गर्न कर्मचारीहरुलाई सुझाव दिनुभएको छ । अध्यक्ष पुनले जनप्रतिनिधी र कर्मचारीहरुको विचमा सुमधुर सम्बन्ध कायम गर्दै गाउँपालिकाको समग्र विकासका लागि आ-आफ्नो ठाउँबाट रचनात्मक काम गर्न सुझाव दिनुभएको हो ।

अध्यक्ष पुनले स्थानिय सरकार पूर्ण अधिकार सम्पन्न स्वयत्त सरकार भएको स्मरण गराउँदै यहाँको विकासका लागि जिम्मेवारीमा बसेका सबैले काम गर्नै पर्ने बताउनुभयो । सरकार संचालनको पूर्ण अधिकार स्थानिय सकरकारलाई नै भएको बताउँदै अध्यक्ष पुनले जनमैत्री प्रशासन,जनमैत्री विकासनै अहिलेको मुख्य कार्यभार रहेको बताउनुभयो ।

बंगलालचुली गाउँपालिकाले पालिकाको विभिन्न शाखामा कार्यरत आज अधिकृतस्तरका कर्मचारीहरुका लागि आयोजना गरेको कार्यालय व्यवस्थापन तथा सकारात्मक सोचको विकास सम्बन्धी तालिम उद्धाटन कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनुभएको हो । अध्यक्ष पुनले गाउँपालिकाको भौतिक विकास संगै मानविय,शैक्षिक विकास संगै सबै नागरिकलाई सर्वशुलव स्वास्थ्य सेवा पुराउनका लागि आफुहरु लागि परेको बताउनुभयो । जसका लागि पालिकाले विभिन्न योजना निर्माण गरेर कामहरु गरिरहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले कर्मचारीहरु जनमैत्री,जवाफदेहि बन्नु पर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधीले निति निर्माण गर्ने योजना बताउने काम गरेपनी त्यसको पूर्ण कार्यान्वयन गर्ने अधिकार कर्मचारीहरुको हातमा रहेको बताउँदै जिम्मेवारी संगै जवाफदेहि पनि कर्मचारी हुनुपर्ने बताउनुभयो । उपाध्यक्ष जिसीले कर्मचारीले जनप्रतिनिधिलाई जनप्रतिनिधिले कर्मचारीलाई सहयोग गरेमा हरेकक्षेत्रमा कामकाजले गतिलिने बताउनुभयो

कार्यक्रममा बंगलाचुली गाउँपालिका,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका प्रशासन शाखा प्रमुख गोपाल केसीले गर्नुभएको थियो । तालिममा बंगलाचुली गाउँपालिकाको बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको मुख्य प्रशिक्षकमा शुन्दर गौतम रहनुभएको थियो ।गाउँपालिकाले कर्मचारीहरुलाई प्रशिक्षत गरेर गुणस्तरिय तथा जनमैत्री सेवा प्रभाह गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले बताउनुभयो । तालिम भोली समापन हुने छ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको