Chauthoanga - Nepali News Media
कर्मचारीहरु भ्रष्ट आचरण बाट मुक्त भएर जनसेवामा लाग्नु पर्छ :प्रजिअ वैद्य

कमिरेचौर____ दाङका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले कर्मचारीहरु भ्रष्ट आचरण बाट मुक्त भएर जनसेवामा लाग्नु पर्ने बताउनुभएको छ । उहाँले निजामती कर्मचारीहरु भ्रष्टचार तथा भ्रष्ट आचरण त्यागेर जनतालाई सहज हुनेगरी सेवा दिनुपर्नेमा जोड दिनुभयो । जनतालाई केन्द्र विन्दुमा राखेर सेवा प्रदान गर्दा निजामती सेवाको गरिमालाई उच्च राख्न मद्दत पुग्ने समेत उहाँले बताउनुभयो ।

बंगलालचुली गाउँपालिकाले पालिकामा कार्यरत कर्मचारीहरुका लागि आयोजना गरेको कार्यालय व्यवस्थापन तथा सकारात्मक सोचको विकास सम्बन्धी तालिमको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी वैद्यले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक प्रशासनलाई सेवा संगै पारदर्शि ,जवाफदेहि,र वस्तुनिष्ट पनि बनाउनु पर्ने बताउनुभयो । प्रजिअ वैद्यले राष्ट्रिय हित,जनताको हितलाई सर्वोपरी राख्दै कानुनको शासनलाई मान्नु पर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी विर बहादुर वलीले पछिल्लो समय समाजमा व्याप्त विभिन्न खालका अपराधलाई निस्तेज पार्न सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ । उहाँले साईवर अपराध,सामाजिक अपराध जस्ता गतिविधिले समाजलाई चुनौति दिन थालेको हुँदा यसतर्फ सबै सचेत र सतर्क हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफुलाई शंका लागेका,अपराधिक गतिविधि भएको भन्ने महसुस भएमा तुरुन्त प्रहरीको सहयोग लिन अपिल गर्नु भयो ।

तालिममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर एकका अध्यक्ष विष्णु कवर, दुईका अध्यक्ष मैते पुनमगर,तिनका अध्यक्ष शोभाराज विश्वकर्मा,चारका अध्यक्ष डाँस बहादुर डाँगी,पाँचका अध्यक्ष लिला बहादुर घर्ती,छ का अध्यक्ष डोम बहादुर केसी,सातका अध्यक्ष गिर बहादुर थापा,आठका अध्यक्ष झविन्द्र गहामगर,कार्यपालिका सदस्य गणेश विश्वकर्मा,लेखा अधिकृत नारायण प्रसाद आचार्य,योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी लगाएतको सहभागिता रहेको थियो ।

तालिममा बंगलाचुली गाउँपालिका अन्तरगतका विभिन्न महाशाखा,शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका प्रशासन शाखा प्रमुख गोपाल केसीले गर्नुभएको थियो गाउँपालिकाले कर्मचारीहरुलाई प्रशिक्षत गरेर गुणस्तरिय तथा जनमैत्री सेवा प्रभाह गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको