Chauthoanga - Nepali News Media
एमालेबाट वडाध्यक्षको उम्मेदवार दाङका चौधरीको मृत्यु

दाङः तुलसीपुर उपमहानगरपालिका–१७ का एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ । चौधरीको सोमबार राति मृत्यु भएको हो । चुनाव प्रचारको क्रममा विरामी परेपछि उहाँलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो ।

उहाँको उपचारको क्रममा गएराति मृत्यु भएको नेकपा एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । उहाँको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताउनुभयो ।

तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । यसअघि वडा नम्बर १७ को वडा सदस्य भएर उहाँले काम गर्नुभएको थियो।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको