Chauthoanga - Nepali News Media
कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, १०६ जना संक्रमित

काठमाडौँ - पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो ।

सोही समयमा एक हजार ८८३ जनाको कोरोना परीक्षण गर्दा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यस्तै, सोही समयमा ४६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४१४ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । त्यस्तै, सात जना आइसियू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको