Chauthoanga - Nepali News Media
अर्धवार्षिक प्रगति न्युन हुनुको कारणहरूबारे निर्मम समीक्षा हुनुपर्छ : मन्त्री शर्मा
अर्धवार्षिक प्रगति न्युन हुनुको कारणहरूबारे निर्मम समीक्षा हुनुपर्छ : मन्त्री शर्मा  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायहरूको अर्धवार्षिक प्रगति न्युन हुनुकाे कारणहरूबारे निर्मम समीक्षा हुनुपर्ने बताउनुभएको  छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा  आज आयोजित मन्त्रालय र मातहतका निकायहरूको अर्धवार्षिक प्रगति समीक्षा बैठकमा मन्त्री शर्माले मन्त्रालयको अर्धवार्षिक प्रगति कमजोर हुनुका कारणका बारेमा निर्मम भएर समीक्षा...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । 
(भोलि) मंगलबार सार्वजनिक बिदा
(भोलि) मंगलबार सार्वजनिक बिदा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले मङ्गलवार(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले भोलि बिदा दिने निर्णय भएको बताउनुभयो । ‘भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भन्नु भयो  ।