Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिनुहुँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिनुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताउनुभयो  ।
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठक आज  बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आज बस्ने बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।