Chauthoanga - Nepali News Media
विश्वकप छनोट : आज नेपाल विश्वकप विजेता वेस्टइन्डिजसँग भिड्दै
Screenshot_2.png

काठमाडौँ – आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुनेछ । 

नेपाली टोलीले क्रिकेट इतिहासमा पहिलोपटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । ओडीआई वरीयतामा वेस्टइन्डिज १०औं र नेपाल १४औं स्थानमा छन् । आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् । वेस्टइन्डिजको कमानी शाई होपले सम्हाल्नेछन् । 

नेपालले ओडीआईमा आइतबार पहिलोपटक टेस्ट टोली जिम्बाब्वेसँग खेलेको थियो । जुन खेलमा नेपाल ८ विकेटले हार्‍यो ।  विश्वकप छनोटअन्तर्गत अमेरिकासँगको खेलमा भने नेपाल ६ विकेटले विजयी भयो । 

एक खेलमा जित र एक खेलमा हार भोगेको नेपाल २ अंकमा समूह एको तेस्रो स्थानमा छ । लगातार दुई खेल जितेको जिम्बाब्वे ४ अंकमा शीर्ष र एक खेलमा जित हासिल गरेको वेस्टइन्डिज दोस्रो स्थानमा छन् । लगातार दुई खेल हारेको अमेरिका र एक खेलमा हार भोगेको नेदरल्यान्ड अंकविहीन रुपमा तालिकाको चौथो र पाँचौँ स्थानमा छन् ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको