Chauthoanga - Nepali News Media

जनै खटिरा भाइरसको संक्रमण हो। यसमा ह्युमन हरपिस  भाईरसले  बिरामीको नसामा संक्रमण गर्दछ। शरीरको रोग प्रतिरोध क्षमता कमजोर भएको अवस्थामा यो संक्रमण देखापर्छ। 

 

रोग प्रतिरोधात्मक क्षमता कमजोरी भएको अवस्थामा  भाइरस पुर्ण रुपमा सक्रिय संक्रमणको अवस्थामा आएपछि जनै खटिराको रुप लिन्छ।

लक्षणहरु :

चिलाउने

पोल्ने, दुख्ने 

घोच्ने दुखाइ 

असर भएको भागमा र नसा जता  फैलिएको त्यहाँसम्म  दुख्ने 

हिँडडुल गर्न गारो हुने 

रातो डाम

पानी  भरिएका मसिना बिबिरा देखापर्ने 

ठुलाठूला  पानी  भरिएका खटिरा देखापर्ने

उपचार:

विशेषज्ञ डाक्टरको सल्लाह अनुसार  खाने र लगाउने 

एन्टिभाईरल  औषधिको प्रयोग  उमेर ,संक्रमण र समस्या अनुसार  गर्ने

एन्टिभाईरल औषधि बिबिरा आएको र छाला पोलेको ७२ घण्टा भित्र प्रयोग गर्नुपर्छ

नसाको  दुखाई  कम गर्ने औषधिको प्रयोग र भिटामिनको  आवश्यकता अनुसार प्रयोग गर्ने

घरेलु रेखदेख:
औषधिबाहेक निम्नलिखित रेखदेख गर्दा संक्रमणले सक्दो कम दुख दिन्छ।

मनतातो पानीमा कपडा भिजाएर निचोरेर ५-१० मिनेट सेक्ने। 

पानी  तथा झोल पदार्थ बढी  पिउने। 

सरसफाईमा ध्यान दिने।

पोषिलो खानेकुरा खाने।

उपचारको मुख्य उद्देश्य संक्रमणले गर्ने जटिलता  निवारण गर्ने पनि हो। 

उपचारपछि पनि हप्ता, महिना, वर्षसम्म पनि कसै दुखाइ हुने , पोल्ने,घोच्ने जस्ता समस्या हुन सक्छ यसलाई  पोस्ट हर्पेटिक न्यूरल्जिया भनिन्छ। यस्तो  अवस्थामा विशेषज्ञको सल्लाह लिनुपर्छ।

मास्कको प्रयोगले सुरूको  अवस्थामा संक्रमण फैलनबाट जोगाउँछ।

(श्रेष्ठ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छाला रोग विशेषज्ञका रुपमा कार्यरत छन्।)

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको