Chauthoanga - Nepali News Media
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेच्नुभएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो...