Chauthoanga - Nepali News Media
बिदेश छोडि खेतीतिर लागेका शंकर नेपालीको सफलताको कथा

दाङ- तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ झिंगै(मनिकापुुर) निवासी शंकर नेपाली ३७ वर्षको हुनुुभयो । सामान्य परिवार जन्म भएका नेपालीको आठ/दशवर्ष बैदेशिक रोजगारको यात्रामा बित्यो । रोजगारीका लागि कहिले कतार तँ कहिले साउदी पुुग्नुुभयो । धेरथोर कमाई पनि भित्रियो । २०७२ सालमा पुनः बैदेशिक रोजगारीका लागि घर छोड्ने बाध्यताले आइप¥यो । बैदेशिक रोजगारका लागि बिदेशिनुुभन्दा यही केही गरौं भन्ने सोच उहाँमा आयो । ऋणकर्जा गरी बिदेशिनुुभन्दा यहि ऋणकर्जा गरी कृषि र पशुुपालन गर्ने सोच तयार गर्नुुभयो ।

त्यहीदिन केही बैदेशिक रोजगारका यात्रा छोडि कृषिखेती र पशुुपालनका जग्गा भाडाँको खोजिमा निस्कनुुभयो । बैदेशिक रोजगारीका लागि मेनपावरको खोजीमा घरदेखि निस्किएका शंकरले अहिले नेपाल संस्कृत विश्वविद्यालयका साढे ४५ बिगाह जमिनमा कृषि खेती र पशुपालन व्यावसाय गरिरहनुुभएको छ  । उहाँले भन्नुुभयो–‘ बिदेश  जानका लागि मेनपावर कम्पनी जाने भनि घरबाट निस्किए , तर म बाटैमा सोच परिवर्तन गरेर खाली जग्गाको खोजीमा लागे । ’

kPH-UOLv1701943624.jpeg

सामान्य लगानीबाट सुरु गरेको तरकारी खेती र पशुुपालन व्यवसाय अहिले उहाँले अम्विकेश्वरी बहुुउद्देश्यीय कृषि अनुुसन्धान केन्द्रका रुपमा विकास गर्दै लगिरहेको सुनाउनुुभयो । २० लाखवाट कृषि र पशुुपालन व्यवसाय सुरु गरेको नेपालीले अहिले झण्डै दुुई करोडको लगानी पुुगेको उहाँको भनाई छ । जहाँ अहिले ३५ जना नियमित स्थानीयहरु रोजगार समेत  पाइरहेका छन् । नेपालीले भन्नुुभयो– ‘ यो पनि ऋणमै हो । तर गाईभैसी दुध , खसी बाख्रा र तकारी बिक्रिवितरण गरी  फर्म चलाउदै आइरहेको छु । ’ अहिले एकातर्फ आफूलाई रोजगारको चिन्ता नभई गाउँका २५ ÷३० जनालाई रोजगारीको चिन्तावाट मुक्ति दिलाएको सुनाउनुुभयो । त्यति मात्रै नभई उहिलेको बाँझो जमिनमा अहिले अनेकथरी तरकारी, बालीनाली र पशुुचौपाय उर्किदा गाउँलेहरु नै खुुसी भएको उहाँको भनाई छ ।

नेपालीले साढे ४५ बिगाह जमिनमा अहिले ४० वटा भैसी, एकसय खसीबाख्रा पालन , ८ बिगाहमा तरकारी खेती र १५ सय आँपका बिरुवा राम्रो उत्पादन गरिरहेको सुनाए । जसले उहाँको दैनिक र जीवनस्तरलाई समेत फेरिदिएको छ । उहाँले भन्नुुभयो–‘पहिला आफैले हरथोक किनेर खानुुप¥थ्यो, अहिले बुटवल नेपालगंजमा बिक्रिसम्म पुु¥याउछु । जसले बिदेशको दुःख भुलाएको छ । वार्षिक २० लाख जग्गाको भाडाँ र भैसी बाख्राको आौषधी उपचार र कामदारको गर्जाे टारेको छ । ’

RRbQkw4H1701943645.jpeg

बैदेशिक रोजगारको छोडि एक्कासी कृषि र पशुुपालन क्षेत्रमा हात हाल्दा कतै डुुब्ने हो की भन्ने चिन्ताले पनि उहाँलाई नपिरोलेको होईन । तर गाउँमा केही गरौ भन्ने सोचले प्रेरित गरेपछि गाउँका युवाहरुलाई समेत समेटेर उदाहरणीय काम गरौ भन्ने सोचले कृषि र पशुुपालनमा लागेको उहाँले सुनाउनुुभयो । युवा जनशक्तिको सोच बिदेशभन्दा अर्काे कुुनै बिकल्प नहुुदा युवाहरु जन्मभूमिमै केही गर्न सकिन्छ भन्ने उदाहरण देखाउन कृषि र पशुुपालन अंगालेको बताउनुुभयो । पछिल्लो समय लेखपढ गरेको युवायुवतीहरु बैदेशिक रोजगारमा मात्रै होईन राजनीतिक सक्रियतामा समेत क्रियाशिल बढ्दै गइरहेको देखिन्छ । तर राजनीतिक क्षेत्रमा आफ्नो भूमिका र महत्व बढाउदै गइरहेको युवाजनशक्तिहरुलाई पनि पहिलो प्राथामिक्ता आत्मनिर्भरता हो भन्ने कुरा बुुझाउन पनि आफू कृषि र पशुुपालन क्षेत्रमा प्रवेश गरेको उहाँले बताउनुुभयो ।

पारिवारिक व्यवस्थापन, राजनितिक क्रियाशिलता , सामाजिक सेवा हर कुरा आर्थिक सक्षमता नै निर्भर रहने भएकाले आफ्ना खेतवारीमै अर्थाेपार्जन गर्न सकिन्छ भन्ने सोचको विकास गराउन लागि परेको उहाँले बताउनुुभयो । बढ्दो बेरोजगारी दरका कारण युवाहरु बितृष्ण पैदाहरु समाज अनेक घटना–दुर्घटना निम्तिने भएकाले जिल्लाभरका युवाहरुलाई नभए पनि गाउँ युवाहरुलाई स्वरोजगार र स्ववलम्वन बनाउन बहुुउद्देश्यीय योजनाका साथ लागेको उहाँको भनाई छ । उहाँले थप्नुुभयो– ‘ पेशामा लागे पनि समाजका युवाहरु नराम्रो बाटोमा लाग्दैन भन्ने सोच म भित्र छ । ’ तर राज्यले यस्तो खालको योजनाहरुको प्रवद्र्धनका लागि काम गर्न नसकेको दुुखी भएको उहाँले गुुनासो छ ।

Xwd7U3wd1701943662.jpeg

किसानहरुलाई राज्यले दिने सेवा सुुविधाहरु दिन नसक्दा अहिलेसम्म किसानहरु व्यवसायिकभन्दा परम्परागत खेती किसानीमा निर्भर रहेको उहाँको भनाई छ । राज्यले योजना र लक्ष्य हेरेर अनुुदान र सहुुलियत ऋणको व्यवस्थापन गर्न सके बिदेशका नेपालीहरु सबै नेपाल फर्किने पनि सक्ने सम्भावना पनि रहेको पनि बताउनुुभयो । तर लगानी र लगानी पछिको सहज वातावरण राज्यले व्यवस्थापन र व्यवस्थित गर्न नसक्दा कृषिप्रधान देश पनि परनिर्भर देश बनिरहेको छ । स्थानीय उत्पादनले बजार र मूल्य नपाउदा किसानहरु कृषिदेखि पलायन हुुनुुपर्ने बाध्यतामा खेप्नुु परिरहेकाले राज्यले स्वदेशको जनशक्ति स्वदेशको समृद्धिका लागि लगाउन कृषि र किसानलाई हेर्ने दृष्ट्रिकोण फेर्न जरुरी छ । जो केही समयदेखि आफैले समेत भोग्दै आइरहेको गुनासो पनि उहाँको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको