Chauthoanga - Nepali News Media
फेसबुक र इन्स्टाग्राम नेपाल सहित विश्वभर डाउनः अकाउन्ट आफै लगआउट

काठमाडौं - बहुचर्चित सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएका छन् ।आज मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए । विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन् । टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि त्यस्तो कोड इनकरेक्ट देखाइरहेको छ । 

कतिपयले भने अकाउन्ट लगइन गर्नै समस्या रहेको गुनासो गरेका छन् । डाउन डिटेक्टर पनि फेसबुक डाउन भइरहेको उल्लेख गरेको छ । फेसबुक मात्र नभई इन्स्टाग्राम अकाउन्टमा पनि यस्तो समस्या देखिएको छ । पछिल्लो समय नेपाल सहित विश्वका मानिसहरुको फेसबुक र इन्स्टाग्राम निकै लोकप्रिय बनेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २१:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको