
नेपालमा सञ्चित विदेशी मुद्राले करिब ९ महिनाको आयात धान्ने राष्ट्र बैंकको भनाई
बिहीबार, माघ १२, २०७९
गत मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले ८.७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार गत मंसिर महिनासम्मको विदेशी मुद्रा सञ्चितिले वस्तु आयात १० महिनाको धान्न सक्छ भने वस्तु र सेवा दुवैको आयात ८.७ महिनाको...

पत्रकार महासंघद्वारा नयाँ सदस्यता खुला ,माघ २५ गतेसम्म फाराम बुझाउने समय निर्धारण
बुधबार, माघ ११, २०७९
नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गरेको हो । महासंघ दाङ शाखाको आज वुधवार घोराहीमा बसेको बैठकले नयाँ सदस्यता खुला गरेको हो । नयाँ सदस्यताकालागी फाराम बुझाउन यही माघ २५ गतेसम्मको समय निर्धारण गरेको छ...

गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्छु:डिआईजी राई
बुधबार, माघ ११, २०७९
लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । भरखरै सरुवा भएर प्रमुखका रुपमा तुलसीपुर आएका डिआईजी राईले गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बताउनु यभो । साथै उहाँले कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।

बंगलाचुलीमा शैक्षिक गुणस्तर विद्धिका लागि वृहत अन्तरक्रिया कार्यक्रम आयोजना
बुधबार, माघ ११, २०७९
बंगलाचुली गाउँपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर विद्धिका लागि वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाको शैक्षिक स्तरलाई बलियो बनाउनका लागि अन्तरक्रियाबाट ठोस योजना समेत निर्माण गरिने छ । बंगलाचुली गाउँपालिकाको समग्र शैक्षिक गुणस्तरलाई चुस्तराख्नका लागि वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले जानकारी दिनुभयो ।

बंगलाचुलीमा गाउँपालिका वडा नम्वर एक र चार जोड्ने ट्रसपुलको उद्घाटन सम्पन्न
सोमबार, माघ ९, २०७९
बंगलाचुली गाउँपालिकाको ४ लाख ७७ हजार २ सय ३८ नगद,उपभोक्ता समितको ७३ हजार ४ सय २१ र एसपिए कार्यक्रमको ३१ लाख २० हजार ४ सय ३ गरी जम्मा ३६ लाख ७१ हजार ६२ को लागतमा पुलको निर्माण गरिएको छ । सो पुलबाट बंगलाचुली गाउँपालिका वडा नम्वर ४ र १ का...

बंगलाचुली वडा नम्वर ३ र ८ जोड्ने लामिदिवाली जेमुरे ट्रस पुलको गाउँपालिका अध्यक्ष पुनद्वारा उद्घाटन
आइतबार, माघ ८, २०७९
बंगलाचुली गाउँपालिकाको ४ लाख ६७ हजार ७ सय ८० नगद,उपभोक्ता समितको ७१ हजार ९ सय ६६ र एसपिए कार्यक्रमको ३० लाख ५८ हजार ५ सय ६५ गरी जम्मा ३५ लाख ८८ हजार ३ सय १२ को लागतमा पुलको निर्माण गरिएको छ । सो पुलबाट बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र...

एमालेका घिमिरे सभामुखका उम्मेदवार
बुधबार, माघ ४, २०७९
सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

सभामुख निर्वाचन : उम्मेदवारी दर्ता बुधबार
मंगलबार, माघ ३, २०७९
माघ ५ गते प्रतिनिधि सभा सभामुखको निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।
1673941976.jpg)
राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
मंगलबार, माघ ३, २०७९
राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्नु भएको छ । उहाँले उर्जा तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।