Chauthoanga - Nepali News Media
काठमाडौँ सहर विश्वकै सबैभन्दा धेरै प्रदूषित

काठमाडौँ- काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ ।

जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारतको नयाँदिल्ली छ । पाकिस्तानको प्रदूषण तह १८६ र भारतको नयाँदिल्ली १७३ छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको