Chauthoanga - Nepali News Media
मावी मुलावारी भेडावारीका विद्यार्थी र शिक्षकद्वारा अग्निपीडिलाई सहयोग

दाङः  बंगलाचुली गाउँपालिका वडा नम्वर ३ स्थित मावी भेडावारी मुलावारीका शिक्षक विद्यार्थीले अग्नी पिडितलाई सहयोग गरेका छन् ।  दाङको बंगलाचुली गाउँपालिकाको वडा नम्बर ८ को डाँगीवारीमा केहि समय अगाडी भएको आगलागी पिडितलाई शिक्षक विद्यार्थीहरुले सहयोग गरेका हुन् । 

माध्यामिक विद्यालय भेडाबारी मुलाबारीका शैक्षिक सत्र २०७९ का कक्षा १२ का विद्यार्थीको पहल तथा विद्यालयका सम्पुर्ण शिक्षकहरुको सहयोगमा आगलागिबाट प्रभावित ३ घरधुरीलाई राहात वितरण गरिएको विद्यालयका शिक्षक शसी शर्माले जानकारी दिनुभयो । अग्नी पिडीत परिवारलाई चामाल, नुन, तेल लगायतका समान हस्तान्तरण गरिएको शिक्षक शर्माले जानकारी दिनुभयो । 


विद्यार्थीले विपतबाट प्रभावित भएकालाई सेवा गर्ने र समाज सेवा पनि  विद्यार्थी जीवनबाटै सुरु गर्नु पर्छ भन्ने भावनाका साथ अग्नी पिडितहरुलाई सहयोग गरेका हुन् । शिक्षक शर्माका अनुसार अनुसार विद्यालयका सम्पुर्ण पूर्व विद्यार्थीको सहयोगमा पुर्व विद्यार्थी मञ्च समेत गठन गरीएको छ ।

सो मञ्चमा आवद्ध विद्यार्थीहरुले  विभिन्न विपतमा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्ने लक्ष्य समेत राखीएको छ । विद्यार्थीहरुले सहयोगका लागि एउटा कोष स्थापना गरी विद्यालय क्षेत्र भित्रका समस्यालाई सम्बोधन हुनेगरी सहयोग गर्ने लक्ष्य राखेको शिक्षक शर्माले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको