Chauthoanga - Nepali News Media
गुरुकुल एकेडेमीमा कप्तान तथा उप कप्तान छनोट निर्वाचन सम्पन्न  

घोराही - गुरुकुल एकेडेमीमा कप्तान छनोटको लागि निर्वाचन सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराही ,तुलसिपुर र लमहिमा निर्वाचन प्रकृयाबाट कप्तान तथा उप कप्तान छनोट गरीको हो ।

कप्तान तथा उप कप्तान छनोटको लागि विद्यालयका विद्यार्थिहरुले मतदान गरेका हुन । मतदान मार्फत गुरुकुल एकेडमी घोराहीमा कप्तानमा कक्षा १० का कुन्दन केसि निर्वाचित भएका छन भने उप कप्तानमा प्रक्क्षित खड्का निर्वाचित भएका हुन । जम्मा ३०१ मत खसेकोमा  २६४ मत सदर भएको थियो भने ३७ मत बदर भएको थियो । सदर मतबाट १७३ मत लिएर कप्तानमा कुन्दन बिजयि भएका हुन भने १०४ मत प्रक्क्षित खड्का उप कप्तानमा निर्वाचित भएका हुन ।

received_947839386883079-1715522438.jpeg
 

गुरुकुल एकेडेमी घोराहीको सदन कप्तानमा सफाएर समुहको लागि कप्तानमा सहज बिएम र उप कप्तानमा सद्गुन थापा निर्वाचित भएका छन यस्तै रुवि समुहको कप्तानमा निसान बिष्ट र उप कप्तानमा रोनिम वली , टोप्याज समुहको लागि कप्तानमा परी महरा र उप कप्तानमा सुसिल राणा र इमरल्ड समुहको लागि कप्तानमा प्रिगेन्द्र बस्नेत निर्वाचित भए भने उप कप्तानमा सचिन भन्डारी निर्वाचित भएको गुरुकुल एकेडेमीका कल्चर प्रमुख भुगोल कुवँर मगरले जानकारी दिनुभयो ।

यसैगरी गुरुकुल तुलसिपुरमा विद्यालय कप्तानमा कक्षा ९ बाट मारकल वली विजयि भएका छन भने उप कप्तानमा कृष्टि सुबेदि निर्वाचित भएकि छिन । जम्मा ८२ मत खसेकोमा ६८ मत कप्तान मारकल र  ४८ उप कप्तान कृष्टिले प्राप्त गरेका थिए भने रुवि समुहमा कप्तानको लागि विगम केसि उप कप्तानमा करण विष्ट , सफाएर समुहमा कप्तानको लागि सुदर्शन हमाल र उप कप्तानमा कृष्णा थापा , टाप्याज समुहको लागि कप्तानमा दिपेक्षा बुढाथोकि र उप कप्तानमा प्रियन्सा योगि र इमरल्ड समुहमा कप्तानमा अभिनव रजौरे र उप कप्तानमा अनुसा डाँगि निर्वाचित भएको गुरुकुल एकेडेमी तुलसिपुरकि अनुशासन प्रमुख चिन्तना धितालले जानकारी दिनुभयो । यसैगरी गुरुकुल लमहिमा विद्यालय कप्तानमा ज्योतिराधित्या चौधरी ५२ मतका साथै निर्वाचित भइन भने आदित्य चौधरी ४५ मतका साथ उप कप्तानमा निर्वाचित भएका छन ।

यसैगरी सदन कप्तानमा जखेरा हरीयो सदनको लागि कप्तानमा जानकि पुन मगर र उप कप्तानमा स्मित भुषाल , राप्ति निलोमा कप्तान कृतिका गिरी र उप कप्तान आदित्य चौधरी ,रीहार रातोमा कप्तान त्रिषना सुबेदि र उप कप्तानमा आयोग देभकोटा निर्वाचित भए भने रत्ननाथ पहेलोमा कप्तान सुदर्शण कार्कि र उप कप्तानमा पुजा चौधरी निर्वाचित भएको गुरुकुल एकेडेमी लमहिका शैक्षिक निर्देशक निमानन्द गैरेले जानकारी दिनुभयो ।

यो निर्वाचन प्रकृयाबाट विद्यार्थिहरुलाई सम्पुर्ण निर्वाचन सम्बन्धि जानकारी समेत मिलेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको