Chauthoanga - Nepali News Media
सकारात्मक साेँच र यसकाे परिणाम

संसार गोल छ यो थाहा भएकै कुरा हो । गोलो स्थान यस्तो हुन्छ जहाँ भए पनि घुमीफिरी फेरि एउटै ठाउँमा पुगिन्छ नेपालीमा उखान छ ‘घुमीफिरी रूम्जाटार’ भनाईको तात्पर्य मानव जीवनमा जे काम गरिन्छ त्यसको परिणाम सबैले भोग्छन् अर्थात् हिन्दीमा यसलाई ‘जो बोया सो पाया ’ पनि भनिन्छ ।

जब कुनै किसानले खेतमा हलो जोतेर बिउ रोप्छ त्यसमा उसले मल, पानी हाल्दै नियमित रूपमा त्यसको सेवा गर्छ जसको फलस्वरुप त्यो बिउबाट अनन्त गुणा अन्न प्राप्त गर्न सकिन्छ । त्यसैले विभिन्न धर्मका विभिन्न ग्रन्थहरूमा एउटै कुरा भनीएको छ मानबताको र धर्मको रक्षाथॅका लागि मानिसले सधैं राम्रो काम गर्नुपर्छ। यो ब्रह्माण्ड यति शक्तिशाली छ स्वर्ग नर्क यहि जीवनमा मानबले भोग्नेछ जस्को लागि मानिस मर्नै पर्दैन। भनाइको मतलब मानब जीवनलाई स्वर्ग बनाउने की नर्क बनाउने त्यो मानबकै हातमा छ। यदि उसले कसैलाई निःस्वार्थ प्रेम गर्छभने त्यो प्रेमको बदला त्यस्तै निःस्वार्थ प्रेम पाउदछ ।

यदि गरिबको सेवा गर्दै धन दान गर्छ भने त्यो दिएको धन भन्दा बढी उसले कमाउछ। मानिस यदि मानबता भुलेर हत्या हिंसा गर्दै हिँड्छ र अरूलाई दुःख दिने काम गर्छ भने त्यसलाई पनि जीवनको कुनै समयमा त्यस्तै आफन्तको बियोग र दुःख सहनु पर्छ, त्यसैले सबै धर्मले के भन्छ भने मानब जीवनमा मानबले जे दिन्छ त्यो पुनः उसले आफै दोब्बर भएर नै प्राप्त गर्दछ धनको बदला धन, मनको बदला मन, दुःखको बदला दुःख, सुखको बदला सुख यी सबै यहि जीवनमा दोब्बर भएर प्राप्त हुन्छ भनेर बिश्वको सबै धर्मका आ–आफ्नो धर्मग्रन्थमा भनेको छ। त्यसैले अब जीवनलाई स्वर्ग या नर्क, सुखी या दुःखी बनाउने कुरा सबै मानबकै हातमा छ । तसर्थ सम्पूर्ण मानव जातिले जे–जति काम गर्दछ त्यसको परिणाम ढिलो चाँडो उसले भोग्नै पर्छ तसर्थ यो बिषयमा हामीले बोलेर अरूलाई तथानाम गाली गरेर अरूको दुःखमा खुसी व्यक्त गरेर आफ्नो अमानवीय व्यवहार प्रदर्शन गरिन्छ भने त्यसको पनि परिणाम कुनै समयमा हामीले पनि भोग्नुपर्ने हुन्छ जतिसुकै पुजा पाठ ब्रत धर्म गरे पनि मानबले आफ्नो कर्म र बचनको फल भोगेरै छाड्छ। समयमै यसबारे सबैले मनन गर्न सक्यो भने जीवन र जगतलाई नै स्वच्छ र शान्तिपूर्ण तवरले अगाडि बढाउन सकिन्छ जसले भविष्यका संततीलाई पनि नैतिकताको पथमा अग्रसर हुन पाठ सिकाउँदछ।

मानिसको जीवन मानबको कर्मले तय गर्छ। आफ्नो जीवन र भाग्य मानबको हातमा हुन्छ। मानिसले यदि राम्रो कर्म गर्दै अगाडि बढ्दै जान्छ भने उसले कहिले पनि दुख भोग्नु पर्दैन तर साचिकै भित्र बाट राम्रो कर्म गरेको हुँदैन र देखावटि मात्र राम्रो जस्तो लाग्छ भने त्यो कर्मले मानब जीवनलाई कहिल्यै पनि सुखले जीउन दिँदैन किनभने उसको मनले र आत्माले उसको काम राम्रो हो भन्दैन यस्तो परिस्थितिमा उ झन झन समस्या ग्रस्त हुन्छ।

१०० प्रतिशत इमानदार यदि मान्छे हुन्छ भने कहिले पनि उसले दूख र कष्ट भोग्नु पर्दैन तसर्थ भनिन्छ जो बोया सो पाया भनिन्छ । तसर्थ हामी सधै राम्रो काम गरौ र सुखी जीवन जीउ। मनुष्य जीबन जिम्मेवारीको जीवन हो यो संसारमा मानिसले कतिपय कर्म लुकिछिपी गर्दछन र उसले सोच्दछकी मेरो यो कर्म कसैले देखेको अर्थात् कुनै साक्षीनै छैन भने यसको सजाय कस्ले देला । तर यस्तो हुँदैन परमात्मा वा प्रकृतिनै यसको साक्षी हुन्छ तसर्थ भगबत गीतामा भनेको छ ‘मनुष्य ले जहिले पनि आफ्नो कर्म को फल अबस्य भोग्नै पर्छ ।’ जसरी बिज्ञान नियमको सिद्धान्तलाई मानेर अगाडि बढ्छ त्यसै गरी कर्म फलको सिद्धान्त पनि एक नियममा चल्छ त्यो नीयमहो कार्य कारणको नियम अर्थात् यो संसारमा जति पनि घटनाहरु घटेका छन् त्यसको पछाडि केही न केही कारणले नै घटेको हुन्छ अकारण कुनै पनि घटना घट्दैन बिना कारण घटना घटनु असम्भव हो प्रकृतिको नियम बिपरित हो।

हाम्रो जीवनमा हुने वाला घटना कुनै न कुनै कारणबस नै हुन्छ र त्यो कारणको निर्माण हाम्रो कर्मले नै गर्छ। त्यो हामीले देख्न सक्दैनौ तर प्रकृति एवम ब्रह्माण्डले त्यो हाम्रो कर्म लाई कैद गरेको हुन्छ जसको आधारमा हामीले दुःख भोग्नु वा सुख भोग्नु तय हुन्छ। यो नियम अखण्ड हुन्छ साष्वत हुन्छ र अपरिवर्तनीय हुन्छ। जस्तै उदाहरणको लागि एउटा मानिसले कुनै अर्को मानिसको खल्तीमा भएको पर्स चोरी गर्यो रे। यो ब्यक्तीले चोरी गर्ने बेला यसको आत्माले एक पटक त भनेकै होला चोरी नगर भनेर तर त्यो ब्यक्तीले आफ्नो आत्मालाई समेत मारेर चोरी गरिरहेको हुन्छ र उसलाई चोरेर आइसके पछि पनि आफ्नो मनको कुनामा मैले नराम्रो काम गरेको छु भन्ने था हुन्छ र चोरीको अपराधमा म कुनै दिन समाईने छु भन्ने भावना हरदम उसको मनमा लुकीरहेको हुन्छ।

जसको कारण उसको ब्यक्तीत्व नै बिकृत बनेको हुन्छ र उसले जति पनि कामहरू गर्छ त्यो सबै बिकृत र मनस्थितिको आघारमा गर्दै जान्छ उसले कतै सकारात्मक सोच राख्न सक्दैन र चारै तिर नकारात्मक प्रभाव नै उसको जीवनमा पर्दछ जसलाई पनि त्यस्तो ब्यक्तीले नकारात्मक नै देख्छ। यसले नै उसको भविष्य निर्धारण गर्छ र उ आफ्नो नराम्रो कामलाई दबाउन विभिन्न नाटक मञ्चन गर्न थाल्छ जसको कारण यस्तो ब्यक्तीले आफ्नो कर्म अनुसारको फलनै उसले भोग्नु पर्छ। यो नियम कसले बनायो भन्ने प्रश्न पनि आउन सक्छ तर नियम कसैले बनाएको होइन स्वयम् प्रकृतिले नै बनाएको हो। यदि कसैले यो नियम बनाएको भए उसमा पनि लागु हुनु पर्थ्यो तर प्रकृतिले बनाएको हुदां प्रकृतिआफैमा एउटा नीयम नै हो। तसर्थ यो अकाट्य र अखण्ड रहेको छ। यदि नियम अखण्ड र अकाट्य हो भने प्रार्थना गरेर नी यसको फललाई हटाउन सकिन्छ भन्ने प्रश्न आउन सक्छ।

प्रार्थना गरेर मान्छेको मन र ब्यबहार परिवर्तन हुन्छ र उ त्यो नीयमको फल भोग्न सक्षम हुन्छ तर कर्मको फल भने उसले पाउछ पाउछ । के यो नियमको अपबाद पनि हुन्छ भन्ने प्रश्न श्रीजना हुन्छ तर नियमको अपबाद हुँदैन यो नियम अकाट्य सास्वत र बिस्तृत हुन्छ। यो सबैमा लागू हुन्छ चाहे उ राजा होस् वा रंक। कहिलेकाहि कस्तो पनि देखिन्छ भने सज्जन राम्रो ब्यक्ती लाई दुख र संकट उत्पन्न भै रहेको र नराम्रो ब्यक्ती लाई चै राम्रो राम्रो भै रहेको पनि देखिएको छ। जसको पनि कारण हुन सक्छ त्यो बदमास ब्यक्ती शाहसी बिबेक र बुद्धि भएको हुन सक्छ उ भित्र नेतृत्व क्षमता, निर्णायक क्षमता रिक्स लिन सक्ने क्षमता हुन सक्छ जसको कारण उ सबैको प्रिय र प्रसिद्ध भएको हो।

राम्रो मान्छेले दुख पाइरहेको पनि त्यसको कारण उ असक्ष्यम डरछेरुवा अल्छी हुन सक्छ। यस्ता ब्यक्ती ईर्ष्या र द्वेषले मन भित्र भरिएको हुन सक्छ अरूलाई ईर्ष्या गरेको कारण उ असफल पनि हुदै जान्छ। यदि बदमासी गर्ने ब्यक्ती पनि अरू प्रति ईर्ष्या र नराम्रो भाब नराखी आफ्नो जीवन लक्ष तर्फ बढ्छ। यसरी जीवनमा घटने सम्पूर्ण घटना प्राकृतिक नियम हो जो यो जन्म संग सम्बन्धित हुन्छ। कुनै पनि भाग्य आ आफ्नो कर्म द्वारा निर्धारण हुन्छ। हामी सोच्छौ शारीरिक रूपमा गरेको कर्म मात्र कर्म हो तर यो मात्र कर्म होइन हाम्रो मनको भाव हाम्रो ईच्छाहरू हाम्रो ब्यक्तीत्व र हाम्रो संकल्प पनि कर्म हो। यसबाट पनि फल र घटनाहरू हुन जान्छ।जसलाई ब्यक्तीले भोग्नु पर्छ ।केहि कर्म यस्तो हुन्छ जो हामी आफैले गरेको देख्दैनौ। कहिले काहि हामी कसै प्रति वा केहि कुरा प्रति नकारात्मक सोच राख्ने गर्छौ जसले हाम्रो जीवनमा नै प्रभावित पार्छ अर्थात् नकारात्मक सोच हिंसात्मक सोचले अरूलाई होइन स्वयम् हामी लाई नै हानी हुने किसिमको घटना हाम्रो जीवनमा प्रतिबिम्बित गर्ने गर्दछ।

हामीले कहिले पनि आफ्नो नराम्रो भनेर सोचेका हुँदैनौ भने कसरी हामीमा प्रभाव पार्छ भन्ने पनि लाग्न सक्छ। यदि हामी पुरै संकल्पका साथ सकारात्मक जीवन तर्फ अगाडि बढ्छौ भने हाम्रो जीवन पनि खुसीका साथ अगाडि बढ्न सक्छ। शास्त्रमा पनि कर्मको फललाई टार्न सकिन्दैन भनिन्छ। तसर्थ आफ्नो कर्म आफ्नो बाणी र आफ्नो सोच लाई सकारात्मक राखौ यदि यो गर्न सकेनौ र नकारात्मक न सोच राख्दै जाने हो भने त्यो नकारात्मक सोच हाम्रो जीवनमा नै प्रतिबिम्बित हुन्छ जसको नकारात्मक फल हामीले भोग्छौ। तसर्थ आजै बाट सकारात्मक जीवन जीउने प्रयास गर्दै सबै प्रति सकारात्मक सोच राखौ !!

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको