Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले थाल्यो आफ्नो पालिकाको विभिन्न सेवा प्रदायक संस्थाहरुको अनुगमन

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाको अनुगमन समितिले पालिकाभित्र पर्ने विभिन्न सेवा प्रदायक संस्थाहरुको स्थलगत अनुगमन गरेको छ ।गाउँपालिकाका अनुगमन समिति संयोजक एवं उपाध्यक्ष भक्त बहादुर जिसीको नेतृत्वमा पालिकाको स्वास्थ्य संस्था,विद्यालय र विभिन्न योजनाहरुको अनुगमन गरेको हो । 
अनुगमन समितिले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को नेपाल राष्ट्रिय आधारभू बिद्यालय कुडुले,सुधा मा.बि.झेल्नेटा, वडा नम्वर ६ को आाधारभूत स्वास्थ्य केन्द्र भुटनेटा ,वडा नम्बर ५ कोल पैदल मार्गको स्थल गत अनुगमन गरिएको बंङ्गलाचुली गाउँपालिकाका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकीले जानकारी दिनुभयो ।  
बङ्गलाचुली गाउँपालिकाले गाउँपालिका तथा प्रदेशका  विभिन्न योजनाहरुको अनुगमन तथा अवलोकन गर्दै आएको भएपनि अवदेखि पालिकाभित्र पर्ने विभिन्न सेवा प्रदायक संस्थाहरुको पनि अवलोकन तथा सुपरिवेक्षण गर्न थालिएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक भक्त बहादुर जिसीले जानकारी दिनुभयो । 

अनुगमन टोलीले विद्यालयको भौतिक तथा सैक्षिक अवस्था ,शिक्षक बिद्यार्थीको विद्यालयमा उपस्थिती दर,सेवाप्रदायक संस्थामा रहेका समस्याहरुको विषयमा जानकारी लिईएको थियो । अनुगमन टोलीले अनुगमन गर्ने संस्थाहरुको विवर तयार पारी गोलापर्थाबाट छनौट गरीएको थियो । गोलापर्था अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक,समितिका सदस्यहरु,पत्रकारको रोहबरमा तयार पारिएको थियो ।    

गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि.सि.ले यस्तो खालको अवलोकन तथा  सुपरिवेक्षणले सेवा प्रदायक संस्था र सेवा लिने सेवाग्राही बिचमा समन्वयकारी भूमिकाको विकास हुने बताउनुभयो । साथै देखिएका समस्यालाई गाउँपालिकाले आन्तरिक कार्ययोजनाबनाई हल गर्ने बताउनुभयो ।  उहाँले स्थानियतहको सेवा प्रदायक संस्थाहरुबाट प्रवाह हुने विभिन्नखालका सेवाहरु थप स्तरिय हुने समेत बताउनुभयो ।  

अबलोकन कार्यक्रममा उपाध्यक्ष जि.सि. सहित अनुगमन तथा मुल्यांकन समितिका सदस्य तथा वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डागी, वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ती, बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसी, शाखा सहसंयोजक ईन्द्रा कुमारी घर्ती, गाउँपालिकाका ईन्जिनियर विकेश न्यौपाने,प्राविधिक भरत कुमार डाँगी लगाएतको सहभागिता रहेको थियो ।  


 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको