Chauthoanga - Nepali News Media
गर्मियामको सुरुवात संगै देशभर तापक्रम बढ्न थाल्यो

काठमाण्डौ – गर्मियामको सुरुवात संगै देशभर तापक्रम बढ्न थालेको छ । गर्मीले तराईका केही ठाउँमा जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको ।

हिजो भैरहवाको अधिकतम  तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, जनकपुरमा पनि तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । धनगढी, विराटनगर, वीरगञ्ज लगायतका सहरको तापक्रम ३२ डिग्री हाराहारी पुगेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

 अब पानी परे पनि सबैतिरको तापक्रम बढ्दै जाने मौसमविद् अधिकारीको भनाइ छ ।यसैबीच पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज केही ठाउँमा बदलीसँगै हल्का वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको