Chauthoanga - Nepali News Media
बंगलाचुलीमा मोटरसाइकलले ठक्कर दिदा एक जना बालक घाइते

कमिरेचौरः- दाङको बंगलाचुली गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिदा एकजना बालक घाइते भएको छन । गाउँपालिकाको वडा नम्बर ५ को मुर्कुटी बजारमा बंगलाचुली भ्युटावरबाट टोट्के लेक तर्फ आउदै गरेको रा  ६ प १७२५  नम्बरको मोटरसाइकलले ठक्कर दिदा बंगलाचुली गाउँपालिका वडा नम्बर ५ निवासि डोम बहादुर रावतका ८ बर्षिय छोरा जीवन रावत घाइते भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी नायव निरीक्षक जीवन केसिले जानकारी दिनुभएको छ । 

घाइते बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकलाई बंगलाचुली अस्पतालमा सामान्य उपचार पछि  थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको