Chauthoanga - Nepali News Media
टोल स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि फाँटालाई


कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा हिजोदेखि सुरु भएको टोल स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि फाँटाले जितेको छ । जम्मा ४ वटा टोलको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा काभ्रेलाई २५ रनले हराउँदै फाँटाले उपाधि जित्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको फाँटाले निर्धारित १२ ओभरमा ६८ रन बनाएको थियो । ६९ रनको जितको लक्ष्य पछ्याएको काभ्रेले ११. ३ ओभरमा ४४ अल आउट भएको थियो ।

प्रतियोगिताको विजेता  टिमले १८ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता हुने टिमले नगद १२ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ  ।  यस्तै खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने काभ्रेका खेलाडी जगत नेपाली म्यान अफ द शिरिज घोषित हुनुभएको छ । खेलको अम्पायरमा पुरन सोति मगर र श्रीधर घर्ती रहनुभएको थियो । प्रतियोगितामा पुरुङ, फाटा, जुम्लेपानी र काभ्रे गरि ४ वटा टिमको सहभागिता रहेको थियो । खेलको समापन सत्र बंगलाचुली गाउँपालिका वडा नम्बर ४ अध्यक्ष डास बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको