Chauthoanga - Nepali News Media
दाङमा दुई महिलाको हत्या ,हत्या आराेपमा एक पुरुष पक्राउ

दाङ - दाङमा दुई महिलाको हत्या भएको छ। जिल्लाकाे   घोराही उपमहानगरपालिका वडा नम्बर १० पहेलपारमा आज दुई महिलाको हत्या भएको अवस्थामा महिलाको  शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । 

बञ्चरो, कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको प्रहरीकाे भनाइ छ ।  हत्यामा संलग्न आसंकामा एकजनालाई  नियन्त्रणमा लिएकाे दाङ प्रहरी प्रमुख एसपी  रामबहादुर केसीले जानकारी दिनु भयाे । 

एसपी केसीका अनुसार दुई जना महिला कोठा भाडा बस्दै आएका थिए। घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको उहाँको भनाइ छ ।

हत्या गरिएकाहरूमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेको एसपी केसीले जानकारी दिनुभयो । केसीका अनुसार सुनारको पहिलेको घर सुर्खेत र बुढाको पहिलेको घर रूकुम रहेको खुलेको छ।

प्रहरीले दुई जना महिलाको हत्या गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीलाई  पक्राउ गरेको छ।उनी पेसाले अटो चालक हुन्। प्रहरीका अनुसार उनी पछिल्लो समय घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएका थिए।

दुई महिलाको हत्याको कारण खुलिनसकेको र घटना अनुसन्धान हुन बाँकी नै रहेको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयाे । 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको