Chauthoanga - Nepali News Media
श्रीमानले कराही प्रहार गर्दा श्रीमतीको मृत्यु

दाङ:- दाङ्गमा श्रीमानले कराई प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ । जिल्लाको देउखुरीकाे गढवा गाउँपालिकामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएको छ ।  गढवा गाउँपालिका-२, पचहिया निवासी बर्ष २६ का रन्जित चाैधरीले श्रीमती बर्ष २१ की कमला चाैधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएकाे हाे ।

गत जेष्ठ २४ गते राती करिब ९ बजेकाे समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएकाे र बुटवलकाे क्रमिसन हस्पिटल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएकाे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।  श्रीमान रन्जितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको