Chauthoanga - Nepali News Media
मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा  तिन जनाको मृत्यु

झापा -  झापामा मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको जीप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।  

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।  जिल्लाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको  दुर्घटना भएको हो ।  

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको