Chauthoanga - Nepali News Media
प्यूठानको माण्डवीमा मोटरसाईकल दुर्घटना , दाङ निवासी एकको मृत्यू, एक जना घाईते

कमिरेचौर- प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुदा दाङका एक जनाको मृत्यू भएको छ । भने अर्का एक जना घाईते भएका छन् ।

माण्डवी गाउँपालिका १ कात्तिकेमा आज दाङको घोराहीबाट प्यूठानतर्फ जाँदै गरेको रा ५ प १५२८ नंम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा घोराही उपमहानगरपालिका ११ का २७ बर्षिय बिमल डांगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक इस्वर थापाले जानकारी दिनुभएको छ । 

दुर्घटनामा परी दाङको घोराही उपमहानगरपालिका ८ ढिकपु निवासी ४८ बर्षका कैलाश डिसी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । र्दुघटनामा परी घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार पुराईएको थियो ।

अस्पतालले बिमललाई डांगीलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।  दुर्घटनामा घाईतेभएका डिसीलाई थप उपचारका लागि डिसीलाई नेपालगञ्ज रिफर गरिएको छ । उनको टोउको, दाहिने हात र खुट्टामा चोट लागेको छ । उहाँको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको