Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा टोलस्तरीय क्रिकेट प्रतियोगिता हुदै

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा टोल स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगीले आज एक सुचना निकाली प्रतियोगिता हुने जानकारी गराइएको हो । वडा नम्बर ४ को आयोजनामा यहि बैशाख १८ गते प्रतियोगिता हुन लागेको उक्त सुचनामा उल्लेख गरिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ भित्रका टोलहरुले सहभागिता जनाउन पाउने सुचनामा भनिएको छ ।

प्रतियोगितामा भाग लिन इच्छुक टिमले यहि बैशाख १६ गते दिउसो ४ बजेसम्म टिम दर्ता गर्न सकिने बताइएको छ । प्रतियोगितामा विजेता हुने टिमले १८ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उपविजेता हुने टिमले नगद १२ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाउनेछ । खेल बैशाख १८ गते गढिलेक खेलमैदानमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

सुचना हेर्नुहोस:

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको