Chauthoanga - Nepali News Media
इलाम निर्वाचन क्षेत्र २ मा सुहाङ नेम्वाङको अग्रता कायमै

इलाम - इलाम निर्वाचन क्षेत्र २ मा सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ ।  पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले) का नेम्वाङले ३३५७ मतले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछि पार्नुभएको छ । 

सुहाङले ११००९मत प्राप्त गर्दा काँग्रेसका खडकाले ७२७५मत ल्याउनुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ५८६९ मत  रास्वपाका उम्मेदवार मिलन लिम्बु १४५१ मत प्राप्त गर्नु भएको छ ।  उक्त क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ ।

नेकपा एमाले उपाध्क्ष सांसद संविधान सभा अध्यक्ष सुवासचन्द नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुदैछ । १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको