Chauthoanga - Nepali News Media
वैकल्पिक सत्ता समीकरण बनाउने सपना चकनाचुर,वर्तमान सत्ता गठबन्धनलाई कुनै असर  नपर्ने

काठमाण्डौ –  नेपाली कांग्रेसको अगुवाईमा वैकल्पिक सत्ता समीकरण बनाउने सपना चकनाचुर भएको छ । वर्तमान सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)को विभाजनले उक्त सपना चकनाचुर बनाएको हो । जसपाको विभाजनले  वर्तमान सत्ता गठबन्धनलाई कुनै असर  नपर्ने देखिएको छ । अब एकीकृत समाजवादी र जसपा नेपाल नहुँदा पनि सत्ता गठबन्धनमा बहुमत पुग्ने देखिएको छ । 

वर्तमान सत्ता समिकरणको २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र अशोक राई पक्षका जसपाका सात सांसदको समर्थन हुँदा मात्रै पनि सरकारलाई बहुमत पुग्छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई  तथा प्रभु साह र दुई स्वतन्त्र सांसदको पनि सरकारलाई समर्थन रहेको छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउने प्रयासमा लागेको चर्चा भइरहेको बेला जसपा विभाजन भएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको