Chauthoanga - Nepali News Media
सभामुखले  संसद्को अधिवेशनबारे शीर्ष नेताहरूसँग छलफल गर्नुहुने

काठमाडौँ- संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले राजनीतिकदलहरु संग छलफल गर्नुहुने भएको छ । सभामुखले  (भोलि) बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

आगामी अधिवेशन सुरु हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाउनुभएको हो ।

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहनुभएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी काँग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाउनुभएको हो ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको