Chauthoanga - Nepali News Media
नेकपा माओबादी  केन्द्र बंगलाचुली गाउँपार्टीले १० दिने अभियान चलाउने 

कमिरेचौर - नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँकमिटीले गाउँपालिका भर १० दिने अभियान चलाउने भएको छ । पार्टीको आज बुधबार बसेको गाउँपार्टी कमिटीको बैठकले यस्तो निर्णय गरेको छ । पार्टीले बैशाख १६ गते देखि २५ गते सम्म गाउँपालिकाको सबै वडाहरुमा १० दिने अभियान संचालन गर्ने निर्णय गरिएको छ । अभियानको लागि प्रत्येक वडाहरुमा वडा संयोजक समेत तोकिएको छ । 

बैठकले वडा नम्वर एकमा डोमाकान्त कवर मगर,वडा नम्वर दुईमा मेघराज राना,वडा नम्वर तिनमा शोभाराज विश्वकर्मा,वडा नम्वर चारमा दामोदर खड्का,नारायण डाँगी र टोमलाल घर्ती, वडा नम्वर पाँचमा रमाकुमारी पुन, वडा नम्वर छमा वासुदेव महरा, वडा नम्मर सातमा शविराम कामी र वडा नम्वर आठमा गिरराज बाँठालाई संयोजक तोकिएको छ । 

बैठकले बैशाख १५ गते सम्म गाउँपालिकाको ८ वटै वडाको बैठक बस्ने बसी सक्ने निर्णय गरेको छ । यसैगरी बैठकले बैशाख १७ गतेका दिन अखिल नेपाल किसान महाँसंघको पालिका स्तरिय भेला गर्ने निर्णय गरेको छ । माओबादी केन्द्र बंगलाचुली गाउँपार्टी अध्यक्ष डोमकान्त कवर मगरको अध्यक्षता एवं पार्टीका दाङ जिल्ला सहईन्चार्ज राम बहादुर दहितको प्रमुख आतिथ्यमा बैठक बसेको हो । 

बैठकमा पार्टीको वडा कमिटीका अध्यक्ष तथा ईन्चार्जहरुको रिपोर्टीङ गर्नुभएको थियो । भने पार्टीको लुम्बिनी प्रदेशको वैठकले जारी गरिएको सर्कुलर समेत सुनाईएको पार्टीका सहसचिव शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।  

सो बैठकमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर, दाङ जिल्ला संयोजक हरिमान पुन बरुण,बंगलाचुली गाउँपार्टी ईन्चार्ज चुरामणी नेपाली ,लगाएतले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।बैठकको सहजिकरण नेकमा माओबादी बंगलाचुली गाउँपालिका सहसचिव शोभाराज विश्वकर्माले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको