Chauthoanga - Nepali News Media
डिभिजन वन कार्यालय दाङको बार्षिक प्रगति समिक्षा : ९५ प्रतिशत भौतिक र करिव ९१ प्रतिशत बित्तिय प्रगति हासिल

दाङ - डिभिजन वन कार्यालय दाङले आज बुधबार घोराहीमा एक कार्यक्रम गरी गत आर्थिक बर्षमा कार्यालयले गरेको कार्यक्रमका बारेमा सरोकारवालाहरुसँग बार्षिक प्रगति समिक्षा कार्यक्रम गरेको छ । 

कार्यक्रममा गत आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रमहरुको वजेट उपशिर्षक अनुसारका क्रियाकलापहरु सहितको लक्ष्य र हासिल गरिएको प्रगतिलाई समावेश गरि डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।  कार्यालयलले कार्यक्रमको भौतिक प्रगति तर्फ ९५ प्रगतिशत  र कार्यक्रमगत वित्तिय प्रगति ९१ र  प्रशासनिक तथा चालु खर्च तर्फको वित्तिय प्रगति ८२ दशमलव २५ प्रतिशत भएको जानकारी डिभिजनल अधिकृत श्रेष्ठ गराउनु भयो ।

कार्यालयले आफूले गरेका कार्यक्रम घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङलिस स्कुलसँगको सहकार्यमा एक सय ५ सय विद्यार्थीहरुलाई  एक घर दुई बृक्ष कार्यक्रम मार्फत ३ हजार बढि बिरुवा रोपण कार्यक्रम, बनसँग सेलिब्रेटि कार्यक्रम, पर्यापर्यटकीय बृद्धि गर्ने कार्यक्रम र एक वडा एक पोखरी कार्यक्रमलाई गत बर्ष कार्यालयबाट सम्पादन भएका उत्कृष्ट र आहा कार्यक्रमका रुपमा सूचिकृत गरिएको प्रगति समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । डिभिजन अधिकृत श्रेष्ठले तयार गर्नु भएको कार्यपत्र गोष्ठिमा जिल्लाका सवै सरोकारवालाहरु विच व्यापक अन्तरक्रिया गरी वार्षिक कार्यक्रमको प्रगतिको समिक्षा गरिएको थियो ।  

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले समग्र वन क्षेत्रको काम जोखिमपुर्ण र विशेष प्रकृतिको हुने, वनजन्य आवश्यकताको परिपुर्ति सवैले निशुल्क गर्न खोज्ने र वन स्रोतको संरक्षण, व्यवस्थापन र सदुपयोगमा आम जनचासो कम हुने प्रवृत्ति हावी रहेको सन्दर्भमा वनजन्य अपराध नियन्त्रण, चोरी तस्करी निन्त्रण, वन डढेलो रोकथाम तथा नियन्त्रण, अतिक्रमण नियन्त्रण, वन क्षेत्रको वृक्षारोपण र संरक्षण जस्ता क्रियाकलापहरुमा आम जनताहरुको व्यापक उपस्थिति र सहकार्य समन्वय आवश्यक पर्ने भएकोले यस्ता कार्यक्रमहरु सञ्चालनमा सवैको समन्वयबाट सम्पादन गर्नका लागि आफूले पहल गर्ने बताउनुभयो ।

प्रमुख कोष नियन्त्रक शिव प्रसाद चौधरीले कार्यक्रममा वित्तिय प्रगति भन्दा भौतिक प्रगतिले अर्थराख्ने भएकोले भौतिक प्रगतिलाई जोड दिनु पर्ने सुझाव दिनु भयो भने जिल्ला प्रशासन कार्यालयको अग्रसरतमा जिल्ला स्थित सवै कार्यालयहरुका प्रमुखहरुलाई एकै ठाँउमा राखि सवै कार्यालयले सम्पादन गर्ने कामहरु, कार्यालयगत कार्यक्रम र बजेट आर्थिक वर्षको शुरुमै गर्नुपर्ने कुरालाई जोड दिँदै यसले एक अर्काले सम्पादन गर्ने कामहरुको बारेमा जानकारी गराउनुका साथै कार्यक्रमलाई समन्वय र सहयोग गर्ने बाटो खुल्ने कुरा सुझावको रुपमा राख्नु भएको थियो ।
  

साथै उहाले जिल्ला स्थिति प्रहरी, प्रशासन, जिल्ला समन्वय समिति, स्थानिय तह, पत्रकार सवैको उत्तिकै सहयोग, समन्वय र सहकार्य आवश्यक पर्ने भएकोले त्यसमा सवै सरोकारवालाहरु सक्रियता बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।
 

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख बीर बहादुर वलीले डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा सम्पादन गरेको कामको प्रशंसा गर्दै वन कार्यालयले आगामी दिनहरुमा उस्तै प्रकृतिका काम गर्ने विशेष वृहत सिंचाई आयोजना जस्ता कार्यालयहरु विच आपसी समन्वय र सहकार्य जरुरी भएको बताउनुभयो । कार्यक्रमको सहजिकरण डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो । 
 
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको