Chauthoanga - Nepali News Media
रक्त क्यान्सर पिडित खड्काको उपचारको लागि आर्थिक सहयोग गर्न  वडा कार्यालयको अपिल

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ ले ब्लड क्यान्सर पिडित मन बहादुर खड्काको उपचारको लागि आर्थिक सहयोगको अपिल गरेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ पुरुङ निवासि खड्का विगत केहि बर्षदेखि रक्त क्यानसर बाट पिडित हुनुहुन्छ । वडा नम्बर ४ का अध्यक्ष डासबहादुर डाँगिले आज एक विज्ञप्ति निकाल्दै सहयोग गर्न अपिल गर्नुभएको हो । क्यान्सर पिडित खड्काको अहिले भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ । खड्काको आर्थिक अवस्था अत्यन्त कमजोर भएको कारण उपचारमा समस्या भइरहेकोले वडा बाटै सहयोगको लागि अपिल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।सहयोग गर्न चाहानेले वडा अध्यक्ष डाँगिको सम्पर्क नम्बर ९८६२९०५९८८ मा सम्पर्क गरी सहयोग गर्न सकिने बताइएको छ ।

यस्तै रक्त क्यान्सर पिडित मन बहादुर खड्काको उपचारको लागि बंगलाचुली गाउँपलिकाले रु २० हजार आर्थिक सहयोग गर्ने भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको