Chauthoanga - Nepali News Media
दुइ संस्थाको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका कमिरेचौरमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।साझा विकास मुल समिति दाङ र कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, समाज विकास सञ्जाल दाङको व्यवस्थापन तथा सहकर्मि समाज नेपालको सहयोगकमा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो । कमिरेचौर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यवाहक अध्यक्ष दुजा घर्तिको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका वडा नम्बर ३ महिला वडा सदस्य शुसिला खत्रिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

समाजमा विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्थाहरुले गत बर्षहरुमा जस्तै यो बर्ष पनि नेपाली महिलाहरुको महान पर्व तिज विशेष कार्यक्रम सम्पन्न गरेको समाज विकास सञ्जालका कार्यक्रम व्यवस्थापक बासुदेभ भण्डारीले जानकारी दिनुभयो ।कार्यक्रममा समाज विकास सञ्जालका  अध्यक्ष भिम बहादुर राना, बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य दिपक परियार, कमिरेचौर बचत तथा ऋणसहकारी संस्थाका संस्थापक अध्यक्ष पुनि गिरी, महिला सामुदायिक सेवा केन्द्रका सदस्य लिला शाहा, कार्यक्रम संयोजक आर के शित्तल, सदस्य लक्ष्मि राना, दिनेश सुवेदि, इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख सहदेव योगि र बंगलाचुली अस्पालका अनमि दुर्गा क्षेत्रि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ का करिब १०० जना महिलहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाहरुले नृत्य देखाउनुभएको थियो । कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाका बसन्ता वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण साझा विकास मुल समितिका सामुदायिक प्रशिक्षक उमा बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको