Chauthoanga - Nepali News Media
'आफ्नो गाउँ आफै बनाऔ ' भन्ने अभियान अन्तर्गत बंगलाचुली गाउँपालिका नम्बर ४ मा श्रमदान गरी सडक मर्मत

कमिरेचौरः आफ्नो गाउँ आपै बनाऔ भन्ने भनाइ अन्तर्गत बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा जनताले श्रमदान गरी सडक मर्मत गरेका छन । बंलाचुली गाउँपालिकाको वडा नम्बर ४ तापामा श्रमदान गरी सडक मर्मत गरिएको हो । श्रमदानमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष डासबहादुर डागि वडा सदस्यहरु मिना परियार, दिपक परियार, बोदे दमाइ, नारायणि गिरी  लागायत वडा नम्बर ४ तापाका करिब ९६ जना उपभोक्ताहरुको सहभागिमा ५ लाख लागतको काम एकै दिनमा सम्पन्न भएको  छ  । श्रमदान गर्नै बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डाँगिले श्रमदानबाट समाजमा थुप्रै कामहरु गर्न सकिने जानकारी दिनुभयो । साथै यो अभियान  निरन्तर बंगलाचुली वडा नम्बर ४ को प्रत्येक साबिकको वडाहरुमा सञ्चालन गरिने पनि अध्यक्ष डाँगिले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको