Chauthoanga - Nepali News Media
त्रिभुवननगर जेसीजको आयोजनामा बंगलाचुलीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ बोजपोखरामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा सिविर सम्पन्न भएको हो । त्रिभुवननगर जेसीजको आयोजना, बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि घोराही दाङको प्राविधिक सहयोग, नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ दाङको संघ औषधी सहयोग र बंगलाचुल गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्र स्युजाको समन्वयमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको हो । त्रिभुवननगर जेसीजका निवर्तमान अध्यक्ष विवेक आचार्यको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसिराम पुन सुवासको प्रमुख आतिथ्यतामा स्वास्थ सिविरको उद्घाटन भएको हो ।

बंगलाचुली जस्तो बिकट क्षेत्रमा विभिन्न रोगबाट पिडित रहेका नागरीकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भनि र आर्थिक अवस्था कमजोर भएकै कारण स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोष भनि उक्त निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेब बहादुर केसिले जानकारी दिनुभयो । सिविरमा करिब ३२० जना सेवाग्राहिहरुले सेवा लिएको शाखा प्रमुख केसिले जानकारी दिनुभएको छ । सेवा लिनेमा धेरै महिलाहरु रहेका छन । सबैभन्दा धेरै स्त्री रोगम्बन्धी सेवा लिने सेवाग्राहि रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसि बंगलाचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु कवर, कार्यपालिका सदस्य गणेश विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख नेब बहादुर केसि, त्रिभुवननगर जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले बंगलाचुली जस्तो बिकट ठाउँमा आएर स्वाथ्य सिविर सञ्चालन गरेकोमा त्रिभुननगर जेसिज, बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि घोराही दाङ र नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ दाङलाइ धन्यावाद दिनुभएको थियो । साथै उहाँले सम्पुर्ण विरामिहरुलाइ व्यथा नलुकाइ डक्टर सँग चेकजाँच गराउन आग्रह गर्नुभएको थियो । साथै उहाँले अब बंगलाचुली गाउँपलिकामा स्वास्थ्य क्षेत्रमा सुधार आउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै उपाध्यक्ष भक्त बहादुर जिसिले स्वास्थ सिविरबाट पुर्ण रुपमा लाभ लिन सेवाग्राहिहरुलाइ आग्रह गर्नुभएको थियो । साथै उहाँले आगामि दिनमा पनि बंगलाचुलीका विकट ठाउँहरुमा यस्तै निशुल्क स्वाथ्य सिविर सञ्चालन हुने बताउनुभएको थियो ।

स्वाथ्य सिविरमा बरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत, स्त्री तथा प्रसूतीरोग बिशेषज्ञ डाक्टर बिमला तिवारी, बरिष्ठ रेडियोलोजिस्ट डाक्टर विष्णु गौतम, दन्तरोग बिशेषज्ञ डाक्टर सिम्रन बखरेल र मेडिल अफिसर डाक्टर बसन्त पाण्डेयले सेवा दिनुभएको थियो । त्रिभुवननगर जेसिजका कार्यक्रम संयोजक गणेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जेसीज वर्ष २०२३ का महासचिव किरण गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको