Chauthoanga - Nepali News Media
बैकल्पिक सडक प्रभावकारी कार्यान्वयनको लागि स्थलगत निरिक्षण

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसिले स सडक विभागको पदाधिकारी सहित सडकको स्थलगत अनुगम गर्नुभएको छ । बंगलाचुली गाउँपालिकामा संञ्चालित सिमेन्ट उद्योगका कच्चा पदार्थ चुनढुङ्गा ढुवानीका लागि निर्माण हुन लागेको जुम्लेपानी- अर्जा-गहतेरा-सिमलतारा जोड्ने निर्माणाधीन  बैकल्पिक मार्गको प्रभावकारी कार्यान्वयनको लागि स्थालगत अनुगमन गर्नुभएको हो । बंगलाचुलि गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरु प्रसाद अधिकारी, तिरुपाते कन्ट्रक्सनका प्रोप्राइटर प्रविण भण्डारी लगायत प्राविधिकहरुको टोलि सहित स्थलगत अनुगमन गरएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको